Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाढीबाट सन्तान गुमाउने आमाको पीडा – राहतले आँखाबाट पीडा थप रसाउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दीबास। वर्षा सकिएको केहीबेरमै यहाँका नदीनालामा आएका बाढी सुकिसके तर ६६ वर्षीय पञ्चमाया थिङ र ५० वर्षीय सुशीला देवीका आँखामा आँसुको भल झन् झन् उर्लिंदै गएको छ । घटनाको ११ औँ दिन दुवैका हातमा सङ्घीय सरकारले पठाइदिएको दुई लाख रुपियाँका दरले नगद राहत त प¥यो तर त्यो राहतले दुवैका आँखाबाट पीडा थप रसाउँदै गए । अरूले ती आँखाबाट आँसु मात्र खसेको देखे होलान्, दुवै आमाले भने, “आँखाबाट खसेका अविरल धारासँगै आफ्ना सन्तति कहिल्यै नफर्किने गरी बगेको पीडा पोख्नुभयो ।”

भर्खरै सकिएको दसैँ पनि आँसुकै आहालमा डुबेर बितेको उहाँहरूका सुन्निएका र निलो परेका आँखाले देखाए । नजिकिँदै गएको तिहार र छठले पनि तिनै दिवङ्गत सन्ततिको सम्झनालाई कोट्याउन थालेको छ । दुवै आमाहरू भक्कानिनु भयो, “हाम्रा सहारा नै सकियो । चाडबाड आएर के हुन्छ रु”

बर्दीबास–१० को विकट बस्ती झ्याउरे भाङ्ग्रेकी पञ्चमाया र गौशाला नगरपालिका–८, कुसुमाडीकी सुशीलाको दुरी ४० किलोमिटरभन्दा बढी छ । अहिले दुवै आमाबिचको भौगोलिक दुरीलाई प्रकोपको पीडाले एकाकार गरेको छ । असोज १२ गते बर्दीबास १० स्थित शिर खोलामा आएको बाढीले पञ्चमायाको असहाय नाति मानबहादुर थिङलाई बगाएर लगेको थियो भने सोही दिन सोनी खोलाले बगाउँदा सुशीलाको १८ वर्षीय छोरा रोहित साहको ज्यान गएको थियो । प्रहरी र स्थानीयले दिनभरजसो खोजी गरेपछि दुवैको शव खोला बगरमा फेला परेका थिए ।

भएको एउटा मात्र छोरोलाई पनि खोलाले निलेपछि सुशीलाको जीवनमा अब अन्धकार मात्र बाँकी छ । बाबुआमा नभएको असहाय नातिलाई बाढीले बगाएपछि बुढीबज्यै पञ्चमायाको सहारा पनि नातिसँगै बगेको छ । दुवै परिवार चरम गरिबीले पिल्सिएका छन् । आर्थिक अभावकै कारण सुशीलाले भएको एउटा छोरोलाई ९ कक्षाभन्दा माथि पढाउन सक्नु भएन । कमाउन भारत पठाउनुभयो । सुशीला भक्कानिनु भयो, “भर्खर त १५ दिनअघि मद्रासबाट फर्केको थियो । १२ हजार भारु पनि ल्याएको थियो । चाडबाड मानेर फर्किन्छु भन्थ्यो । मान्नै नपाई छाडेर गयो।।। ।”

छोरोको मृत्युपछि बुवा नारायण साह विक्षिप्त झैँ हुनु भएको छ । छिमेकी सन्तोष झाका अनुसार घटनापछि बुवा नारायणको देश दुनियाँदेखि मोहभङ्ग भएको स्थिति छ, उहाँले बताउनुभयो, “त्यो दिनदेखि नारायण विरक्तिँदै भौँतारिन थाल्नुभएको छ । खाने बस्ने ठेगान छैन । यसले परिवारमा थप पीडा दिएको छ ।” पञ्चमाया आफैँ पनि पारिवारिक पीडाले रुग्ण देखिनुहुन्छ । उहाँका अनुसार गाउँमा पोल परेर मृतक नाति मानबहादुरको बुवा सोमबहादुर केही वर्षअघि जलेश्वर कारागारामा थुनिएदेखि पारिवारिक सन्तुलन खलबलिएको छ । खर्च अभावले मुद्दा लड्न पनि सक्नुभएन ।

छोरो जेल परेपछि बुहारी जिरीमाया ९मृतककी आमा० अर्को बिहे गरेर गएपछि यो नातिको भार पनि उहाँकै काँधमा प¥यो । हुर्किंदै गएको नातिलाई खोलाले बगाएपछि पञ्चमायाको बुढो शरीरले थप पीडा थेग्न नसक्ने भएको छ । रसाएका आँखा पुछ्दै भन्नुभयो, “बाँच्नै गाह्रो भयो । यो बुढो ज्यानले सहन सक्दैन अब ।” सरकारले घरमै ल्याएर दिएको दुई लाख रुपियाँले दुवैलाई केही आशा जगाएको थियो । सुशीलाको परिवारमा अब एउटी छोरी हुनुहुन्छ । त्यो राहतमा सुशीलाले परिवारमा रहेकी एउटी छोरीको भविष्यको कल्पना गर्नुभएको थियो । पञ्चमायाको साथमा अब पनि मृतक नातिको नाबालक भाइ हुनुहुन्छ । त्यो राहतमा उहाँले आफ्नो औषधीमूलो र कान्छो नातिको पढाइलेखाइमा सहयोग पुग्ने आशा राख्नुभएको थियो ।

आशाविपरीत राहतको सबैजसो रकम मृतकको काजकिरिया र भोजभातमा सकिएको उहाँहरूले बताउनुभयो । दुवै आमाले पीडा सुनाउनुभयो “सरकारले दिएको राहतमा कत्रो आस थियो । सबै पैसा किरिया र जातीय भोजभातमा लागेको सापट उधारो तिर्दै सकियो ।” सरकारी राहत पनि सकिएपछि दुवै आमाका सुकेका आँखामा निराशा र अँध्यारो भविष्य मात्र छ । अब अर्को राहत आउने आशा पनि तत्काल देखिँदैन । दुवैको आँसु पुछ्ने सहयोगी हातहरू पनि देखा परेका छैनन् । दुवैका साथमा बाँकी रहेका छन् केवल पीडा र वेदना मात्र । सभार यो समाचार गोरखापत्र अनलाइनमा पत्रकार रवीन्द्र उप्रेती लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद