Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा कातिक २ देखि ४ गतेसम्म महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा अगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फोटो प्रदर्शनी वीरगन्जमा हुन लागेको हो ।
बुधबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर देशव्यापी फोटो प्रदर्शनी पहिलो चरणमा वीरगन्जको वीर्तास्थित त्रीजुद्ध मावि परिसरमा ३ दिनसम्म चल्ने आयोजक नेपाल पिक्चर लाइब्रेरीका प्रमुख संकलनकर्ता शिखर भटट्राईले जानकारी दिए ।
उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रममा विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिने र फोटो प्रदर्शनीमा प्रवेश निशुल्क रहने छ ।
यस प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको भन्दै आयोजकले यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्ने रहेको भटट्राईले बताए ।
साथै ग्रामीण र शहरी क्षेत्रका महिला इतिहासको अभिलेखलाई पहुँच योग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने पनि यसको उदेश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका प्रमुख अनुसन्धानकर्ता दिवश राजा केसीले बताए । पहिलो चरण मै वीरगन्ज पछि जनकपुरमा कातिक ८ देखि १० गतेसम्म प्रदर्शनी गरिने उनले बताए ।
उनका अनुसार दोस्रो चरणमा बर्दिया र नेपालगन्जमा,तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा,चौथो चरणमा दाङ र रोल्पा,पाँचौं चरणमा इलाम र झापा,छैटौं चरणमा विराटनगर, धरान, र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा फोटो प्रदर्शनी आयोजना गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद