Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाले सिडियोलाई बुझायो महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २३,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२३असोज जनता समाजवादी पार्टी९जसपा०ले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार जसपाको वीरन्ज महानगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै मेयरमाथि दुव्र्यवहार गर्ने वीरगन्ज–१७ अलोंका शिवओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।ज्ञापन पत्र बुझाउँदै महानगर अध्यक्ष यादवले महानगरका मेयर सिंहमाथि दुव्र्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिकाको वडा नंबर १७, २०, २४ र २६ का दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएपछि सोमबार बिहान मेयर सिंह प्राविधिक टोलीसहित उक्त क्षेत्रमा पुगेका थिए । सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला मेयर सिंहमाथि लामिछानेद्वयले दुव्र्यवहारको प्रयास गरेको अध्यक्ष यादवको भनाई छ।

मेयर सिंहमाथि दुव्र्यवहारको प्रयास गर्नु निन्दनीय र अराजक रहेको भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न जसपाले ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रहपनि गरेको छ ।

साथै डुबानको पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै जसपाले आपत्तिसमेत जनाएको छ । साथै घटनाको बारेमा यथार्थ नबुझी गाउँलेलाई डुबानमै राखिरहने राजनीति भएको भन्दै जसपाका महानगर अध्यक्ष यादबले पार्टीले त्यसको भण्डाफोर गरेर गाउँलेलाई डुबानबाट बचाउन आफूहरु लागि पर्ने पनि बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही गर्न आफू तयार रहेको प्रतिकृया दिए । उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र आफूहरुकोमा पनि निवेदन दिएको बताउँदै डुबानबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।

ज्ञापन पत्र बुझाउन जसपा नगर अध्यक्ष इश्वर चन्द्र यादव, उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद