Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पकाहामैनपुर गाउँपालिकाका कर्मचारीले अध्यक्ष र अधिकृतको द्वन्द्वका कारण पाएनन तलब

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २१,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत बीचको अनंतर विवादका कारण पर्साको पकाहामैनपुर गाउँपालिका मातहतका २ सयभन्दा बढि कर्मचारी मारमा परेका छन् ।

लामो समयदेखि चल्दै आएको विवाद नयाँ अधिकृत हाजिर पछि साम्य हुँदै गएपनि खाता संचालन लगायतका समस्या समाधान नभएका कारण ४ महिनाभन्दा अघिदेखि नै कर्मचारीहरुको तलब रोकिएको छ ।यसैगरी, ज्येष्ठ नागरिक, अपांग, एकल महिलालगायत करिब २ हजारभन्दा बढि व्यक्तिले सामाजिक सुरक्षा भत्तासमेत पाएका छैनन्।विवादका कारण गाउँपालिकाको खाता संचालन नभएपछि दशैं अगाडिदेखि नै कर्मचारीले तलब पाएका छैनन्।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले विकास योजनामा अनियमितता गरेको र आफू खुसी बजेट मिलाउन खोजेका नयाँ प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाई कार्यालयको काममा लगाउँदा झन् समस्या उत्पन्न हुने भएकोले उनलाई भूमिका विहिन वनाएको बताए ।

साथै प्रमुख प्रशासकिय अधिकृत साह जनप्रतिनिधिको अस्तित्व नस्वीकारेको र आफू नै सर्वोपरी भएको बताएपछि विवाद उत्पन्न भएको अध्यक्ष मेहताको आरोप छ ।

नयाँ अधिकृतको रूपमा देवनाथ साह हाजिर भएको केही दिन मै सम्पन्न भएको गाउँसभाले तलब पाउने आस बोकेका कर्मचारीहरु निराश भएका छन् ।

अधिकृत साह पहिला देखि नै एक विवादित अधिकृतको रूपमा परिचित हुँदै आएका छन् । विवाद कै कारण केहीदिन अघि पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट लखेटिएका अधिकृत साहलाई कोई हाजिर गराउन नमान्दा हारगुहार गरी पकहामैनपुरमा हाजिर भएका थिए । तर त्यहाँ पनि उनले हाजिर भएदेखि नै भ्रष्टचारी मानसिकता बनाउँदा अध्यक्ष मेहताले खाता संचालन गर्न अख्तियारी नै रोकेका छन् ।जस कारण कर्मचारीहरुले तलब पाएका छैनन् ।

अधिकृत साहमाथि जनप्रतिन्धी जस्तै आफूलाई पनि बजेट चाहिने आरोप लागेको छ । यस विषयमा अधिकृत साहसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

लामो समयसम्म तलब नपाउँदा घर खर्च चलाउन निकै समस्या भोग्नुपरिरहेको गाउँपालिकाको एक शिकक्षले बताए । उनले ऋणसापटी गरेर घर खर्च चलाइरहेको बताए । ‘तलब नपाउँदा निकै समस्यामा छौँ, घर खर्च चलाउन र बालबालिकाको स्कुलको शुल्क तिर्न ऋण लिनुपरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, तलब कहिले आउने हो थाहा छैन ।’सभार ज्योति दैनिकबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद