Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन १८,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ असोज । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिनुभएको छ । 

आज काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।

उद्घाटन सत्रमा मन्त्री यादवले भन्नुभयो, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्त्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।”

उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभएको छ ।

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्‍याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिनुभएको थियो ।

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय ९पीआइडी० को गोदामको पनि अवलोकन गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन १८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद