Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय प्रतिबद्ध – खानेपानी मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ६,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सागढी, ६ असोज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी ९जसपा० ले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।

आइतबार पर्सा जिल्लाको पर्सागढी नगरपालिका – ८ हरपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल गर्नुहुँदै मन्त्री यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको हो ।

जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले भन्नुभयो, “जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ । हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ र मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”

जसपा नेपालसँग अल्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको बताउँदै उहाँले थप्नुभयो, “उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो । उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ । मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ९सांसद० समेत रहनुभएका यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्नुभएको थियो । उहाँले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै युवा नेता तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको स्पष्ट पार्दै भन्नुभयो, “जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ । पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरेँ ।” 

अहमदले थप्नुभयो “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ । उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।”

कार्यक्रममा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै पर्सागढी – ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी नेताहरूले पार्टीको सङ्गठनलाई बलियो बनाउन सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा मन्त्री यादवले पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “पार्टीको सङ्गठन सुदृढ पार्न र मुलुकको समृद्धिका लागि हामी सबैले एकजुट भएर अघि बढ्नुपर्छ । स्थानीय समस्याहरूलाई समाधान गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न हामी निरन्तर लागिपर्नेछौँ ।”

कार्यक्रममा वीरगञ्ज – १३ का पूर्व वडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाज बाबु राँकी, डा। आमिर आलम, आमिर मन्सुरीलगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ आश्विन ६,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ आश्विन ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद