Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र सब स्टेशनबाट कर्मचारीको मिलोमतमा बहुमूल्य विद्युतीय सामाग्री बेचे

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २७ भदौ । बाराको कलैयामा रहेको नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र सब स्टेशनबाट कर्मचारीको मिलोमतमा बहुमूल्य विद्युतीय सामाग्री बेचेको घटना बाहिरिएको छ । केही महिना अघि मात्र कलैया सब स्टेशनमा रहेको ११ हजार फिडरको सामाग्री परिवर्तन गरिएको थियो । ११ हजार भोल्टको फिडरमा समस्या देखिएपछि विद्युत प्राद्यिकरण वितरण केन्द्र काठमाडौंले ठेकेदार मार्फत चार पाँच महीना पहिले फिडरका सामानहरु परिवर्तन गराएको थियो ।

सोही सामानहरु कलैया सब स्टेशनमा कार्यरत सहयोगी कन्हैया पाठकले गेटपालेसँग मिलेर पुरानो पाइनल बोर्ड सहितको सामानहरु विक्री गरेको घटना बाहिरिएको हो । पुरानो पाइलन बोर्ड सहित तामा, पित्तलको बहुमूल्य सामानहरु करिब ५ लाखमा विक्री गरिएको बताइएको छ । विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयामा गेटपाले ठेकेदारका व्यक्ति हुन् भने पाठक सहयोगी (हेल्फर) हुन् । दुबैजना मिलेर प्राद्यिकरणको सम्पत्ति विक्री गरेको श्रोतले जनाएको छ ।

कुनैपनि विद्युतीय सामाग्री परिवर्तन गर्दा पुरानो सामान ल्याएर प्राद्यिकरणको मातहतमा राख्ने गरिएको छ तर पाठकले परिवर्तन गरिएको पुरानो सामानलाई बेचेको श्रोतको दाबी छ । पाठक पहिलादेखि नै प्राद्यिकरणको विभिन्न सामानहरु विक्री गर्न माहिर मानिएका व्यक्ति हुन् । कहिले प्राद्यिकरणको पुरानो सामानहरु विक्री गर्ने, कहिले कर्मचारी धम्काउने जस्ता कामहरु गर्ने उनको बानी छ । प्राद्यिकरणको सामान विक्री भएको चार पाँच महिना हुन लाग्दा पनि कार्यालय प्रमुखलाई सुइको छैन ।

कार्यालय प्रमुखले आफू अनभिज्ञ सरह प्रस्तुत भइरहेका छन् तर कार्यालय प्रमुखको जानकारी बिना सामान कसरी विक्री भयो रु खोजबिनको विषय हो । यसमा उनको पनि संलग्नता छ कि रु प्रश्न उब्जिएको छ । त्यहाँ कार्यरत अन्य कर्मचारीले सामानहरुको खोजबिन गरेपछि यो घटना बाहिरिएको हो । करिब २० दिन अघि मात्रै अध्ययनको लागि काठमाडौं हिँडेका इन्जिनियर सन्दिप साहको संरक्षणमा सहयोगी पाठकले सामान विक्री गरेको त्यहाँ कार्यरत अन्य कर्मचारीहरुले बताएका छन् ।

सामान बेचिएको घटनाबारे अन्य कर्मचारीहरुले खोजबिन गर्दा इन्जिनियर सन्दिप साह सहित कार्यालय प्रमुख ऋषिकेश वर्णवालले उल्टै सामान खोजबिन गर्ने कर्मचारीलाई नै हप्काउने गरेको कर्मचारीहरुको गुनासो छ । कार्यालय प्रमुख वर्णवालले प्राद्यिकरणलाई आफ्नो मनमौजी तरिकाले संचालन गरि रहेको कर्मचारीहरुको आरोप छ ।

सरकारले उपलब्ध गराउने सेवा सुबिधा पनि फिल्डमा खट्ने कर्मचारीहरुलाई नदिने गरेको बताइएको छ । फिल्डमा खट्ने कर्मचारीहरुले नयाँ भ¥याङ्ग, नयाँ औजार माग्दा कार्यालय प्रमुखले उल्टै हप्काउने गरेको र बेचिएको समानको बारे आवाज उठाउँदा अन्यत्र सरुवा गर्ने गरेको बताइएको छ । यसबारे कार्यालय प्रमुख ऋषिकेश वर्णवालले सामान बेचिएको घटनाबारे आफूलाई जानकारी नरहेको बताए ।

उनले भने ‘घटना के हो रु सामान कसले बेच्यो’ यसबारे विस्तृत बुझ्छु । कलैया सब स्टेशनमा रहेको ११ हजार भोल्टको पुरानो फिडरलाई फेरिएको हो, तर त्यो पुरानो सामान कहाँ छ रु कसले बेच्यो रु आफूलाई केही जानकारी नभएकोले क्षेत्रीय कार्यालय जनकपुरबाट पनि यस घटनाबारे जानकारी आएको हुनाले सत्य तथ्य के हो रु आफू चाँडै बुझ्ने बताए ।

केही दिन अघि मात्रै बाराको फेटा गाउँपालिकामा एकजना सेवाग्राहीले विद्युत चोरी गरेको पाएपछि इन्जिनियर सन्दिप सहितको ५ जनाको टोलीले सेवाग्राहीको मिटर खोलेका थिए तर तत्कालै सेवाग्राहीले ५० हजार रुपैयाँ घुस दिएपछि कर्मचारीहरुले पुनः मिटर जडान गरेका थिए । ५० हजार रुपैयाँ घुस लिएको कार्यालय प्रमुख वर्णवाललाई जानकारी भएपछि ५ जनै कर्मचारीले पुनः पैसा फिर्ता दिएका थिए । यसबाट पनि विद्युत प्राद्यिकरण वितरण केन्द्रमा खुलेयाम घुसको धन्दा हुने गरेको पुष्टि हुन्छ । यो घटना भएको एक महिना नबित्दै त्यही कर्मचारीहरुको टिमले ११ हजार भोल्टको पुरानो फिडरको सामानहरु बेचेका थिए । सभार विरगंज टाइम्सबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद