Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बर्दीबास यातायातको राजस्व घट्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दीबास, साउन ११ गते । विगतका वर्षमा पाँच करोड रुपियाँसम्म राजस्वमा योगदान पु¥याउँदै आएको बर्दीबास यातायातकोे सवारी कर सङ्कलनमा यो वर्ष भने कमी आएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ३२ करोड ३३ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो असुली अघिल्लो आव २०७९र८० को तुलनामा तीन लाख रुपियाँले मात्र बढी हो । कार्यालय प्रमुख राजकिशोर साहका अनुसार यातायातले विभिन्न छ वटा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ । यसमध्ये सवारी करबाट सबैभन्दा बढी २२ करोड ८५ लाख ५९ हजार रुपियाँ उठेको छ । यो रकम तीन हजार २६० वटा सवारीसाधनबाट सङ्कलन भएको उहाँले बताउनुभयो ।

यो पटक नयाँ सवारीचालक अनुमतिपत्र, वर्ग थप, प्रतिलिपि र नवीकरण गरी १८ हजार २७१ जनाले आवेदन दिएका थिए । त्यस्तै १२ प्रकारका ७४५ सवारीसाधन दर्ता र १५ प्रकारका तीन हजार २६० सवारीको जाँचपास भएका थिए । दुवै शीर्षक ९लाइसेन्स र सवारी दर्ता जाँचपास० बाट छ करोड ८७ लाख २८ हजार राजस्व उठेकोे छ ।

व्यक्तिगत फर्म तथा आयकरबाट एक करोड २५ लाख सात हजार, जाँचपास र रुट परमिटबाट ७१ लाख ९६ हजार, यातायात क्षेत्रको आम्दानीबाट ६२ लाख २० हजार र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ९७ हजार ६० समेत कुल ३२ करोड ३३ लाख ११ हजार २३५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाउनुभयो ।

यातायातले सङ्कलन गरेको यो राजस्व आव २०७९र८० को तुलनामा तीन लाख ४१ हजार रुपियाँले मात्र बढी हो । असुलीको यो गतिले विगतको तुलनामा राजस्व ओरालो लागेको देखिएको छ । स्थापनाको पहिलो वर्ष केवल सात लाख रुपियाँमा सीमित रहेको यातायातको राजस्व असुली त्यसयता निरन्तर उकालो लागेको थियो । कार्यालयको तथ्याङ्क अनुसार आव २०७६र७७ मा १४ करोड ६५ लाख, २०७७र७८ मा २० करोड १५ लाख, २०७८र७९ मा २५ करोड ६३ लाख र २०७९र८० मा ३२ करोड २९ लाख उठेको थियो । यो तथ्याङ्कले अघिल्ला वर्षमा यातायातको राजस्व वृद्धि अनुपात वार्षिक पाँच करोड रुपियाँ रहेको कार्यालयले जनाएको छ । यो पटक भने अनुपात झरेर तीन लाख ४१ हजार रुपियाँमा सीमित भएकाले कार्यालयमाथि विविध प्रश्न खडा भएका छन् ।

यातायातका अधिकृत सञ्जय खतिवडाका अनुसार यस कार्यालयलाई भन्सारमा जस्तो लक्ष्य तोकिएको हुँदैन । तथापि राजस्व असुलीको अङ्कले कार्यालयप्रतिको दृष्टिकोणमा प्रभाव भने पारेको हुन्छ । स्थापनाकालदेखि नै बर्दीबास यातायातको कार्यालय व्यवस्थापन, कर्मचारी सव्रिmयता, सेवामैत्री वातावरण र आवागमनको सुविधाले धनुषा, महोत्तरीका उत्तरी क्षेत्रलगायत सर्लाही, रौतहट, सिन्धुली र दोलखाबाट समेत सेवा लिने गरेकाले राजस्व सङ्कलनमा अनुकूल प्रभाव परेको थियो । यातायातको सेवासुविधा र कार्यदक्षतामा कुनै कमी नभए पनि मधेश प्रदेशका जिल्लामा यातायात कार्यालय थपिँदै जानाले राजस्व प्रभावित भएको कर्मचारीको भनाइ छ ।

आव २०८०र८१ मा मधेश प्रदेशको मलङ्गवा र कलैयामा यातायातको नयाँ कार्यालय स्थापना भएकाले बर्दीबासमा आउने सेवाग्रही बाँडिएको हुँदा विगतको तुलनामा राजस्व असुलीमा कमी देखिएको खतिवडाको भनाइ छ । खतिवडाले भन्नुभयो, “छिमेकी जिल्लामा पनि समान सेवाका कार्यालय स्थापना भएपछि सेवाग्राही पातलिँदै गएका छन् । यसैका कारण राजस्व असुलीमा स्वाभाविक कमी आएको हो ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद