Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

९८ ब्यक्ति र संस्थालाई विश्व रक्तदाता दिवसमा ब्लड डोनर्स एसोसिएशनले सम्मान गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । ब्लड डोनर्स एसोसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसको अवसरमा जेठ ३२ गते शुक्रबार सम्मान कार्यक्रम गर्ने भएको छ ।

ब्लड डोनर्स एसोसिएशनले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जना भन्दी बढी रक्तदान गर्ने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गर्न लागिएको जानकारी गराएको हो । यस अघि विश्व रक्तदाता दिवसको अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकोमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिने ब्लड डोनर्स एसोसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए ।

यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झौता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गर्ने पनि कार्यक्रम रहेको सचिव सिंहले जानकारी दिए । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३र३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिने उनले वताए ।

सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएको छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएको छ । रगत संकलन भएको भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएको हो । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।

२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेको ब्लड डोनर्स एसोसिएशन पर्साका अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दोस्रो स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कार्यक्रममा ३ सय जना र तेस्रो स्थानमा रेडियो वीरगंजले आयोजना गरेको कार्यक्रममा २४५ जनाले रक्तदान गरेको जानकारी गराए ।

अहिले सम्म ग्रामिण भेगमा आयोजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौलीमा आयोजना गरेको कार्यक्रममा रक्तदान गरेको अध्यक्ष नेपालले वताए ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ब्लड डोनर्स एसोसिएशनका सदस्य श्याम गुप्ता, आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद