Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको परवानीपुर गाउँपालिकामा अन्लाईन, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा इकाईको आयोजनामा जनप्रतिनिधि ,वडा सचिव र वडा प्रमुखहरुलाई तालिम दिइएको हो । २ दिन अन्लाईन घटना दर्ता सम्बन्धी र १ दिन सामाजिक सुरक्षा तथा घटना दर्ता भित्र देखा परेको समस्या वारे तिालिम दिइएको थियो ।

परवानीपुर गाउँपािलकाको वडा नम्बर ३ परवानीपुर स्थित रहेको सेमिनारहलमा ३ दिने सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कामहरु गर्न सहज हुने बताएका छन ।

अभिमुखीकरणमा व्यक्तिगत घटना अन्र्तगतको जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्धविच्छेद र बसाईसराई दर्ता कसरी गर्ने र आइपर्ने व्यवहारिक तथा सैद्धान्तिक समस्याहरुको समाधानको बारेमा पञ्जीकरण विभागका फिल्ड सहयाक रामेश्वर साहले प्रशिक्षण दिएका छन ।
सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको पहिचान, उनीहरुको दर्ता, बैङकिङ प्रणाली मार्फत भत्ता वितरण, प्रतिवेदन डिजिटलाइजेसन, दर्ता शिविर संचालन जस्ता बिषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक प्रशिक्षण रामेश्वर साहले दिनुभएको थियो ।

त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाकि एम आइ एम अपरेटर प्रिंयका यादवले प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुईन, वडाका नवनिर्वाचित वार्ड अध्यक्ष,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद