Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गा.पा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा ।
परवानीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाको पाचँवटै वडाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शुक्रबार पालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
१६ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना परवानीपुर गाउँपालिकालाई वडा नम्बर ३ को स्वास्थय कार्यलयको चौरमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको छ ।

‘पूर्ण खोप अभियानका क्रममा पालिकाका २० जना बालबालिकाले अहिलेसम्म एउटै पनि खोप नलगाएको तथा ५० जना बालबालिकाले खोपको मात्रा छुटाएको पाइएको थियो । उनीहरूसहित ४ सय ९० जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको पालिका स्वास्थ्य कार्यलयप्रमुख जयकृष्ण मिश्राले बताए । उनले भने, ‘खोपले जीवन र पैसा दुवै बचाउँछ । त्यसैले आगामी दिनमा पनि सबै बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन हामी सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’
आगामी वर्षमा पनि पालिकाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको
परवानीपुर गाउँपालिकाका अध्याक्ष रामक्षत्री प्रसाद कुर्मीले घोषणा सभामालाई सम्बोधन गदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका थिए ।
सो अवसरमा गाउँपालिका भित्र रहेका ५ वटा वडाका अध्याक्ष, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थालगायतलाई सम्मानसमेत गरिएको छ । उनीहरूलाई कार्यक्रममा गा.पा अध्याक्ष अबिर लगाएर प्रमाणपत्रसहित सम्मान गरेका छन् ।
घोषणासभा कार्यक्रमका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।कार्यक्रम संचालन परवानीपुर गा.पा वडा नम्बर ५ का स्वास्थ्य शाखा प्रमुख हरिओम प्रसादले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद