Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको – रामराज्य परिषदका अध्यक्षको दावि

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् ।

वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका केन्द्रिय अध्यक्ष जगतबहादुर थापाले वर्तमान व्यवस्था राष्ट्रघाति, धर्मघाती,जनघाती,पक्षपाती र अराष्ट्रबादी भएकोेले यसलाई बिस्थापित गरि सत्य,धर्म,न्याय,नैतिकता,मौलिकता र समतावाद वैदिक साम्यवादमा आधारित रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको बताए ।

थापाले रामराज्य परिषदले आफनौ संसद व्यवस्थापिका संसद९प्रतिकात्मक०,आफनौ सरकार प्रतिकात्मक नेपाल सरकार,आफनै आठौं संबिधान,आफनै सुरक्षा दस्ता९श्रीराम सेना समेतको अवधारण संचालनमा आउने बताए । परिषदले ल्याउने व्यवस्थामा सरकारको तिन अङ्ग हुने र ति मध्ये व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका मध्ये मात्र २०० जनाको एकल सदनिय व्यवस्थापिका संसद हुने थापाले जानकारी दिए । थापाले कार्यपालिका ३५ जनाको हुने र मुलुकको स्थायित्वको लागि रामराज्य पक्षधर राजानै राष्ट्रप्रमुख हुने बताए ।
न्यायपालिका शतप्रतिशत निशुल्क हुने र मन्त्री र मन्त्रालयहरु नरहेने उहाँले जानकारी दिनुभयो । परिषदले मुलुलकलाई भयावह स्थिती र बिकराल परिस्थितबाट जोगाउन धर्मयुद्ध,आमुल परिर्वतन, दर्शन,सिद्धान्त,राजनितिक क्षेत्र,आर्थिक क्षेत्र,समाजिक क्षेत्र,साँस्कृतिक क्षेत्र र धार्मिक क्षेत्रमा कठोर कदम चाल्ने निर्णय गरेको छ ।

थापाले अहिलेको वर्तमान सरकार अधर्मी र क्रिश्च्यनको सरकार भएकोले यो सरकारबाट हिन्दू धर्मको रक्षा हुननसक्ने ठोकुवा गरे । थापाले मधेशमा मुस्लिमहरुको जनसंख्या व्यापक वृद्धि हुनु र बंङ्गलादेशबाट रोहिंग्या मुस्लिम शरणार्थीको रुपमा नेपाल भित्रिनु दुवै चिन्ताको बिषय भएको बताए । मटिहानीमा गुठी संस्थानको जग्गामा मुस्लिम बस्ती बसाउने नाममा गैरकानुनी रुपमा हिन्दूको जग्गा कब्जा गरिएकोमा आपति समेत जनाए ।
थापाले अहिलेको पाठयक्रम हिन्दू बिरोधि रहेकोले हिन्दू धर्म संस्कृतिलाई जोगउन संस्कृति बिषयलाई अनिवार्य गर्नुपर्ने समेत धारणा राखे । पत्रकार सम्मेलनमा बिनोद बावा लगायतको उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद