वीरगंज महानगरमा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम हुने भएको छ ।
वीरगंज महानगरपालिका वडा न. १३ को कार्यालय श्री राधेमाई मन्दिर परिसरमा २०८१ जेष्ठ ५ गते शनिवारका दिन वडा कार्यालयको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण हुने भएको छ ।
स्वास्थ्य शिविरमा सहभागि भई अनुभवी तथा दक्ष चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परिक्षण गराउन वीरगंज वडा नं.१३ का नगरबासी तथा स्थननीयमा वासीहरुमा वडा अध्यक्ष हिरालाल गिरी द्घारा आग्रह गरीएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षणमा निःशुल्क औषधि वितरण गरिने शिविरमा सहभागी हुने डा. अनुपम उपाध्यायले जानकारी दिनुभयो ।
शनिबार हुने एक दिने निःशुल्क स्वास्थ्य शिविरमा भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालबाट एमडी इन जेरियाट्रिक मेडिसिन अर्थत ’जेष्ठ नागरिक विशेषज्ञ’ डा. अनुपम उपाध्यायले मधुमहे, मुटुको रोग, फोक्सो, थाईराईड, प्रोस्टेट, कब्जियत, कमजोर स्मरण शक्ति, लकवा, रक्तचाप, पिसाबको समस्या, लगाएत ६० वर्ष माथि उमेरका विरामीलाई विशेषज्ञ सेवा दिने छ ।
यस्तै भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालबाट एमडी इन स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निकु मण्डलले गर्भवती महिला, महिनावानरी खराबी, पाठेघरको क्यान्सर, सेतो पानी बग्ने, संक्रमण लगाएत स्त्री तथा प्रसुती रोगका विशेषज्ञ सेवा दिने छ ।
यस्तै बाल रोग सम्बन्धि विशेषज्ञ डा.आनन्द रौनियारले नवजात शिशु, अटिजम वृद्धि विकासमा समस्या, संक्रमण लगाएत अन्य बाल रोग सम्बन्धि सेवा दिइने तथा नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेलले आँखा कमजोर हुने, मोतियाविन्दु, आंखाबाट पानी बग्ने, सुगर तथा ब्लड प्रेसरले आँखा खराब हुने लगाएत सम्पूर्ण नेत्र रोग सम्बन्धि सेवा दिइने वीरगंज महानगरपमलिका १३ का वडा अध्याक्ष गिरी जानकारी दिनुभयो ।



