Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नीति पुनरवलोकन गर्न निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २६,बुधबार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, वैशाख २६ गते । राष्ट्रिय सभाले नेपालको राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति पुनरवलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। सभाले नीतिमा पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबारको बैठकमा सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्थासम्बन्धमा छलफलपछि समितिले उक्त निर्देशन दिएको हो ।

समितिका सचिव सीता काफ्ले वाग्लेले भन्नुभयो, “नेपालको राष्ट्रिय सुरक्षा नीति र परराष्ट्रय नीति साझा सहमति कायम गरी निर्माण गर्न आवश्यक देखिएकाले राष्ट्रिय सहमतिका आधारमा दुवै नीति पुनरवलोकन गर्न निर्देशन दिइएको छ ।”

राष्ट्रियतालाई सस्तो नबनाउन आग्रह

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गर्नु भएको छ। उहाँले बैङ्कको किस्ता तिर्न नसक्दा, बालबालिकाको शुल्क तिर्न नसक्दासमेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरिएको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबारको बैठकमा मन्त्री उप्रेतीले स्वतन्त्रता, सार्वभौमसत्ता, सुरक्षाजस्ता विषय रक्षा मन्त्रालय वा नेपाली सेना मात्रैको नभई, राज्यका सबै शक्ति र सङ्गठनको साझा कर्तव्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा जस्तो घोडामा तरवार घुमाएर सीमामा हिँड्ने राष्ट्रिय सुरक्षाको विषय मात्रै होइन, वातावरण, भोकमरीसँग सम्बन्धित सबै कुरामा अगाडि बढ्नु जरुरी देखिएको छ।” सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद