परिश्रमी हातहरू
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ । परम्परागत जीवन निर्वाहमुखीभन्दा आधुनिक व्यावसायिक खेतीबाट बढी कमाइ हुन थालेपछि आकर्षण बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, अनुभवी मानिसले व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपन्छीपालनमा लागेका छन् ।
सिराहाको लहान नगरपालिका–२४, झुटकी मानिकदहका रतन साह करिब १०र१५ वर्षअघि आफ्नै खेतमा स्थानीय काउली ९फूलकोबी० खेती गर्नुभएको थियो । त्यसपछि साह तरकारी खेती छोडेर बढी पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीको लागि बिदेसिनुभयो । एक वर्ष कतार, चार वर्ष मलेसिया र साढे दुई वर्ष साउदीमा रोजगारी गरी अहिले फेरि तरकारी खेतीमा रमाउनुभएको छ ।
तरकारी खेतीको पुरानो अनुभव, फेसबुकबाट थप जानकारी प्राप्त गरेर फेरि आफ्नै १२ कट्ठा जग्गामा तरकारी खेती सुरु गरेका उहाँले गत सिजनमा सामाजिक सञ्जाल फेसबुकबाट भारतको महाराष्ट्रबाट बिउ मगाएर दुई रङको काउली फलाउनु भएपछि निकै चर्चामा आउनुभयो । अहिले उहाँको खेतमा भिन्डी ९रामतोरिया०, खुर्सानी, ओल बाली लहलहाउँदै छ । आगामी सिजनमा १२ कट्ठामा काउली, बन्दा, ब्रोकाउलीसहित तरकारी खेती गर्ने योजना उहाँको छ ।
यस्तै कोरोना महामारी फैलिएका बेला महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–७, भमरपुराका दीपेन्द्र रायले युट्युब, साथीभाइ तथा विभिन्न स्थानमा गरिएको आधुनिक, व्यावसायिक खेतीसम्बन्धी जानकारी लिई व्यावसायिक खेती सुरु गर्नुभयो । उहाँले गाउँमै पौने पाँच बिघा जग्गा लिजमा र आफ्नो १५ कट्ठासमेत गरी छ बिघा जग्गामा व्यावसायिक फलफूल तथा तरकारी खेती सुरु गर्नुभएको छ । चार दाजुभाइको संयुक्त परिवार रहेका रायले २०७७ मा आरजे एग्रो फार्म प्रालि दर्ता गरेर फार्म सञ्चालन गरिरहनुभएको छ । मेवा ९पपिता० र तरभुजा खेतीबाट सुरुवात गरेर साढे तीन लाख रुपियाँको कमाइले खेती विस्तार गरेका उहाँले उत्पादन सिधै जनकपुर, इटहरी, विराटनगर र काठमाडौँका खुद्रा तथा थोक विक्रेतासमक्ष पठाउने गर्नुभएको छ ।
दैनिक आठरनौ जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको फार्मको एक बिघा क्षेत्रफलमा अम्बा, १५ कट्ठामा सरिफा ९सीताफल०, १० कट्ठामा ड्र्यागन फ्रुट्स, १० कट्ठामा आँप, बाँकीमा जग्गामा तरभुजा, खरभुजा तथा अन्य तरकारी बाली लगाइएको छ । ५० लाख रुपियाँ लगानीबाट सुरु गरेर एक करोड रुपियाँभन्दा बढी लगानी भइसकेको रायको कथन छ । पछिल्लो तीन वर्षदेखि उत्पादनबाट कमाइ भइरहेको छ । पहिलो वर्ष साढे तीन लाख, दोस्रो वर्ष २५ लाख र तेस्रो वर्ष ९गत वर्ष० २८ लाख रुपियाँको बिक्री भएको उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीमार्फत अम्बा, सरिफा, ड्र्यागन फ्रुट्स, तरभुजा, तरकारीलगायत सम्पूर्ण बिउमा उहाँले अनुदान पाउनुभएको छ । बिउ अनुदानले खेती गर्न धेरै नै सहज र सजिलो भएको रायले बताउनुभयो । उत्पादनलाई सड्न, गलन नदिन र स्वास्थ्यमा असर नहोस् भन्ने उद्देश्यले फार्ममै कम्पोस्ट मल बनाएर प्रयोग पनि गरिएको छ । कम्पोस्ट मलका लागि गाईको गोबर, गँड्यौलाको व्यवस्थापन गरिएको छ । मल बनाउन १६ वटा बेड निर्माण गरिएको छ । प्रतिबेडमा पाँचरछ क्विन्टल मल उत्पादन हुने गरेको रायका भाइ मुकेश रायको कथन छ ।
यसै गरी पाँच जना घनिष्ट मित्र मिलेर सरकारी, गैरसरकारी संस्थाको जागिर छाडी २०६९ मा ७२ हजार रुपियाँमा किनेको एउटा गाईको नाम नन्दनी राखियो । यो गाईका मालिक महोत्तरीका पिप्राहा गाउँपालिका–७ का राकेशकुमार झा, सुखीपुर नगरपालिका–२ का रामरिझन यादव, मनोजकुमार यादव, इन्दिरा दास र अजितलाल कर्ण हुन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा नन्दनी गाई फार्म खोलियो । गाईको दुधबाट मासिक रूपमा १८ हजार रुपियाँ कमाइ गरेर अगाडि बढ्दै सन् २०१७ मा फार्ममै नन्दनी डेरी उद्योग कारोबार थपियो । तत्कालीन बजार प्रवर्धन निर्देशनालय काठमाडौँले डेरी खोल्न दिएको १० लाख रुपियाँ अनुदानको रकममा १७र१८ लाख ऋण थप गरेर डेरी खोलेको कर्णले बताउनुभयो ।
स्कुलको एक बिघा जग्गा लिजमा सहित फार्म, उद्योग २४ कट्ठा क्षेत्रफलमा छ भने घाँसका लागि छुट्टै दुई बिघा खेत छ । डेरी उद्योगमा दही, दुध, पनिर, घिउ, रसबरी, लालमोहन, पेडा, बर्फीलगायत २८ किसिमका मिठाई र डोसा, चाउमिन, विभिन्न प्रकारका चाट, राजकिशोर बेच्न थालिएकाले दिनभरि उपभोक्ताको भिड हुन्छ । वार्षिक साढे तीन करोड रुपियाँ बराबर कारोबार गरिरहेको डेरीमा वरिपरिका किसानबाट मासिक दुध खरिद, १७ जना स्टाफ र पाँच जना सञ्चालकमा मासिक २१ लाख रुपियाँ खर्च हुने गरेको छ ।
घुम्टोदेखि ड्रयागन खेतीसम्म
तराई मधेशमा एक दशकअघि शिक्षित महिला घरभित्र घुम्टोमा गुम्सिएर बस्न बाध्य थिए । पछिल्लो समय सामाजिक, पारिवारिक चेतनास्तरमा भएको वृद्धिसँगै काम गर्न पाएको अनुकूल वातावरणले महिला आर्थिक रूपमा आत्मनिर्भरतर्फ अग्रसर भएका छन् । यसको प्रत्यक्ष उदाहरण सुषमा यादव हुनुहुन्छ । सप्तरीको रुपनी गाउँपालिका–४, लक्ष्मीपुरकी सुषमा कम्प्युटर विषयमा ओभरसियर उत्तीर्ण गरे पनि व्यावसायिक कृषिकर्ममा लाग्नुभएको छ । उहाँले सुरु गर्नुभएको व्यावसायिक ड्र्यागन फ्रुटस् खेती यस क्षेत्रमा उदाहरणसँगै राम्रो आम्दानी पनि गरिरहनुभएको छ । विसं २०७८ फागुनदेखि करिब १० कट्ठा क्षेत्रफलमा सुरु गरिएको व्यावसायिक ड्र्यागन फ्रुट खेतीमध्ये छ कट्ठा लिजमा लिइएको हो ।
यस खेतीबाट उहाँले प्रतिकट्ठा वार्षिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ । घरसँग टाँसिएको खेतमा लगाइएको ड्र्यागन फ्रुट्स खेतीबाट खर्च काटेर वार्षिक सातरआठ लाख रुपियाँ आम्दानी हुने गरेको छ । पतिपत्नीको सोच र सक्रियतामा २०७७र७८ मा आरबी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा सुरु गरिएको ड्र्यागन फ्रुट खेतीमा १४÷१५ लाख रुपियाँ लगानी भइसकेको सुषमाको भनाइ छ ।
ड्र्यागन फ्रुट्स खेतीका लागि एक पटक बिरुवा लगाइसकेपछि २० वर्षसम्म सोही बिरुवाले फ्रुट्स ९फल० दिने गरेको उहाँले बताउनुभयो । बिरुवा ९बिउ० रोप्दा बिरुवा परिपक्व हुन दुई वर्ष लाग्ने गर्दछ । परिपक्व बिरुवालाई मलजल, गोडमेल भयो भने प्रतिकट्ठा वार्षिक एक लाख रुपियाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ । अहिले साढे दुई वर्ष मात्र भएको छ । यसको उत्पादनको मुख्य समय भने वैशाखदेखि कात्तिकसम्म अर्थात् सात महिना हुन्छ । गत वर्षदेखि उत्पादन सुरु भएको छ । अहिलेसम्म २० क्विन्टल फ्रुट्स बेचेको उहाँको भनाइ छ । प्रतिकिलो खुद्रामा चार सय र थोकमा ३५० रुपियाँ दिएर घरमै खरिद गर्न व्यापारी आउने गरेकाले बेच्न कुनै समस्या छैन ।
सुनसरीको तरहरास्थित कृषि फार्ममा गएर ड्र्यागन फ्रुट्स खेतीको भ्रमण गरी खेतीबारे जानकारी लिएपछि भारतको हैदराबादबाट दुई हजार र नेपालको तरहराबाट दुईरतीन सय बेर्ना ९बिरुवा० ल्याएर दुई हजार चार सय बिरुवा रोपिएको छ । रोपेको बिरुवा एकरडेढ वर्षमै फल दिन सुरु गर्दछ । सुषमाले फलसँगै बिरुवा ९बेर्ना० पनि बिक्री गर्नुहुन्छ ।
कृषिकर्ममा लागेका कृषकलाई सरकारले अनुदानको व्यवस्था पनि गरेको छ तर बिचौलियाबिना अनुदान पाउन निकै गाह्रो हुने गरेको उहाँले बताउनुभयो । आफ्नो ड्र्यागन फ्रुट्स खेतीका गर्न अनुदानका लागि धेरै जनाको पैरवीबाट मात्र गत वर्ष कृषि ज्ञान केन्द्र सप्तरीले दुई लाख रुपियाँ अनुदान रकम र ५० प्रतिशतमा पावर ट्याक्टर एक थान प्राप्त भएको उहाँको तितो अनुभव पनि छ ।
मधेशमा कृषिको अवस्था
अन्नको भण्डारले चिनिने मधेश प्रदेशमा व्यावसायिक खेती कम र निर्वाहमुखी खेती बढी हुने गरेको छ । परम्परागत खेती बढी र आधुनिक खेती कमले आशातीत उत्पादन गर्न नसक्दा कृषिकर्ममा लागेकामध्ये ४३ प्रतिशत परिवारलाई पनि आफ्नो उत्पादनले वर्षभरि खान पुग्ने अवस्था छैन । राष्ट्रिय कृषिगणना २०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान पुग्दैन । मधेशमा चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषिकार्य भइरहेको छ । जसमा ५७ प्रतिशतलाई मात्रै आफ्नो उत्पादनले वर्षभरि खान पुग्छ । मधेश प्रदेशको आठ वटै जिल्लाका गरी सबैभन्दा बढी तीन लाख ८४ हजार ५५३ हेक्टरमा धान बाली, दुई लाख ४७ हजार ६०९ हेक्टरमा गहुँ, ३३ हजार ७१९ हेक्टरमा मकै बाली हुने गरेको छ ।
‘कृषितर्फ युवालाई प्रोत्साहित गर्छौं’
गोविन्दबहादुर न्यौपाने
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री
मधेश प्रदेश सरकार
आधुनिक खेती कार्यलाई प्रोत्साहन गर्न प्रस्तावमा आधारित योजना शीर्षक राखेका छौँ । कुनै किसानलाई कुनै नयाँ खालका कार्यक्रम रहेका छन् भने त्यसमा प्रस्ताव गर्न यो शीर्षक राखिएको हो । अहिले प्रदेश सरकारले खेतीको प्रस्ताव मागिरहेको छ । युवालाई सहयोग भन्ने शीर्षकमा बजेट पनि राखेका छौं । यसपालि बजेट धेरै कम आयो । त्यसैले यो कार्यक्रम एक जिल्ला धनुषामा सीमित गरिएको छ । आधुनिक, व्यावसायिक खेती, पशुपन्छी, डेरी ९गाईपालन, भैँसीपालन आदि० मा काम गर्छन् भने हामी सहयोग दिन्छौँ तर मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग व्यावसायिक आधुनिक कृषि पेसामा लागेका युवाको तथ्याङ्क छैन । सभार गोरखापत्र अनालईनमा पत्रकार धीरेन्द्रप्रसाद साहले लेखनु भएको छ ।



