Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २३,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा, वैशाख २३ गते । डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।

फागुन महिनाको पहिलो साताबाट सामुदायिक वन र राष्ट्रिय वनमा आगलागी हुँदासल्ला, चिलाउने, कटुस, साल, सिसौलगायत बोटबिरुवा जलेर नष्ट भएका पराजुलीले बताउनुभयो । वन विनाशको मुख्य कारण मानिएको डढेलोले बर्सेनि यहाँ लाखौँ मूल्य बराबरको क्षति तथा काठ दाउराजस्ता वनजन्य स्रोत जलेर नष्ट हुने गरेका उहाँको भनाइ छ । “बहुमूल्य बोटबिरुवा र काठदाउरा मात्रै होइन डढेलोले ठुलो सङ्ख्यामा चितुवा, मृग, खरायो, दुम्सीजस्ता वन्यजन्तुको मर्नुका साथै वासस्थानको नास हुने गरेको छ । यसले यहाँको वन क्षेत्रले ठुलो नोक्सानी बेहोर्नुपरेको छ”, पराजुलीले भन्नुभयो ।

वनमा लागेको आगो स्थानीय उपभोक्ता, वन कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिने गरिएको छ । वनभोज जाने समूहले वनमा खाने कुरा पकाएपछि राम्रोसँग आगो ननिभाई छाड्ने, पाइपमर्मत गर्दा आगोको प्रयोग गर्ने तर ननिभाई छाड्ने, चुरोट तथा बिँडीका ठुटा जथाभाबी फाल्ने, वनसँग जोडिएका खेतबारीमा सुकेका पात पतिङ्गर जलाउनेजस्ता कारणले आगलागी घटना बढ्दै भएका छन् । पराजुली भन्नुहुन्छ, “उपभोक्ताले झाडी सफाइ, कटनीछटनीजस्ता वन व्यवस्थापनका कार्य, वनभित्रका वनपथ तथा अग्निरेखा सुक्खायाम अगावै राम्ररी सफा गर्नसके आगलागी नहुन सघाउ पुग्थ्यो तर त्यस्ता काम हुनसकेका छैनन् । त्यसैले अब भने प्राकृतिक सम्पदाको विनाशलाई रोक्न र कम गर्न सबै सचेत र जागरूक हुन आवश्यक छ ।”

वनमा आगो लगाउन वा आगलागी हुनजाने कुनै कार्य गर्नुलाई कसुर मानिएको छ । वनसम्बन्धी कसुर गर्नेलाई वन ऐन २०७६ को दफा ५० ९४० बमोजिम बिगो असुल गर्ने व्यवस्था छ । कसुर गर्नेलाई रु ६० हजारसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले कसुर गर्ने व्यक्तिलाई पक्राउ गर्न वा सूचना दिन पनि डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद