Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८बैशाखः– पर्सा प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगन्जको घण्टाघर नजिकबाट सोमबार बेलुकी प्रहरीले नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।

वीरगन्जबाट पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पंचायत–४ घर भएका ३० बर्षीय क्यामुद्धिन मियाँ र बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ घर भएकी ४० बर्षीया हलिमा खातुन रहेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई घण्टाघर चोक नजिकबाट पक्राउ गरेको हो।

भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनिहरुलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरिर खानतलासी गर्दा दुवै जनाको साथबाट गरी १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरक्षिक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हरिासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद