Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पानीका स्रोत सुके वारुणयन्त्रबाट पानी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १७,सोमबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

ढल्केबर, वैशाख १७ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि वारुणयन्त्रबाट पानी वितरण गर्न थालिएको छ । पछिल्लो समय यहाँ चापाकाल र अन्य पानीका स्रोत सुकेपछि वारुणयन्त्रबाट पानी वितरण गर्न थालिएको हो ।

नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताउनुभयो । ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानी आउन बन्द भएको छ । चापाकलमा पानी आउन बन्द भएको गाउँका बासिन्दालाई विगत एक सातादेखि वारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि वारुण यन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै नगर प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले पानीको दीर्घकालीन समस्या समाधानसमेत जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गाटोलस्थित महादेव मन्दिरनजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युबेल सञ्चालन ल्याउन मर्मतसम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा २० लाख रुपियाँको लागतमा एक थान नयाँ डिप ट्युबेल र तीन वटा इनार खन्ने योजनामा काम भइरहेको छ ।”

त्यस्तै दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको नगर प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि २० लाख रुपियाँको लागतमा नयाँ डिप ट्युबेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय सितेशकुमार झाले जमिनमुनि पानीको जलस्तर तल हुँदै गएकाले पानीका स्रोत सुकेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि सुक्खायाम सुरु भएसँगै यस क्षेत्रमा पानी स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई आग्रह गर्नुभयो ।

धनुषाको उत्तरी क्षेत्र छिरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद