Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिसिटिभीको निगरानीमा परीक्षा लिन सक्ने हिम्मत छ ,एनआई कलेजलाई – हरिखेतानको चुनौती

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १७,सोमबार
A A
6
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१७बैशाखः वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले नेशनल ईन्फोटेक(एनआई)कलेजले लगाएको आरोप निराधार रहेको बताएका छन् ।

आइतबार हरिखेतान क्याम्पसमा जारी कक्षा १२ को परीक्षामा सहभागी एनआई कलेजका विद्यार्थीहरुले परीक्षामा मानसिक यातना र तनाव दिएको भन्दै क्याम्पसमा तोडफोड गरेका थिए ।

त्यहि विषयमा प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गरेर हरिखेतान क्याम्पसका निमित्त प्रमुख यादवले परीक्षा हलमा विद्यार्थीलाई तनाव र मानसिक यातना दिएको भनेर एनआई कलेजले लगाएको आरोप पूर्वाग्रही र निराधार भएको दाबी गरे ।

आइतबार हरिखेतान क्याम्पसमा तोडफोडको घटनाभएपछि एनआई कलेज प्रशासनले आफनो कलेजलाई बदनाम गर्न आफनो कलेजका विद्यार्थीलाई परीक्षामा तनाव दिएको आरोप सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख यादवले भने आफनो क्याम्पसमा आइतबार सुनियोजित रुपमा तोडफोडको घटना गराइएको बताए । उनले भने,‘एनआई कलेजसंग हाम्रो कुनैपनि प्रतिस्पर्धा नै छैन । उसको भन्दा बढी सहुलियत र सुविधा हामीले विद्यार्थीलाई दिदै आएका छौं । अनि उसंग हाम्रो के को प्रतिस्पर्धा रु ’

एनआई कलेजले आफनै विद्यार्थीीहरुको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए ।उनले भने,‘एनआई कलेजले बनावटी कूरा गरेको छ । ढोकसला देखाउने काम गरिरहेको छ। परीक्षा सेन्टर अन्त कतै नभई आफनै कलेजमा होस् भनेर योसब प्रपञ्च रचिएको रहेछ ।’उनले हरिखेतान क्याम्पसलाई मिथ्याको आरोप लगाउने एनआई कलेजलाई सिसिटीभी राखेर परीक्षा लिन चुनौतीपनि दिए ।

आइतबारको परीक्षामा हरिखेतानका कोहिपनि शिक्षक वा कर्मचारीले विद्यार्थीलाई तनाव नदिएको दाबी उनले गरे । उनले भने,‘ राष्ट्रिय परीक्षा बोर्डको टोली आँफै आएको थियो । उक्त टोलीले नै परीक्षा हलमा पसेर अनुगमन गरेको थियो ।’सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद