Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

उद्योगीहरुले भोग्नु परेको समस्या समाधान गर्न सरकारले कानून संशोधन गर्छ – उद्योगमन्त्री भण्डारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा उद्योगीहरुले भोग्नु परेको समस्या समाधान गर्न सम्बन्धित कानुनहरु संसोधन गर्ने तयारी गरेको बताएका छन् । कानुन संसोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत अन्य संस्थासँग पनि निरन्तर छलफल गरिराखेको उनले बताए ।

बाधकको रुपमा रहेका कानुनलाई परिमार्जन गरेर यो क्षेत्रको विकास गर्छौ,’ कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र – उद्योग र व्यापार, खोई पूर्वाधार रु’ बोल्दै मन्त्री भण्डारीले भने, ‘उद्योगमा देखिएको समस्या समाधान गर्न सरकारले आफ्ना नीतिगत प्राथमिकता र साझा संकल्पमा बिशेष महत्व दिएको छ । लगानी सम्मेलनको तयारी हुदैछ, निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने, प्रोत्साहन गर्ने नीति छ ।’

औद्योगिक क्षेत्रको विकासबिना अर्थतन्त्रको विकासले सम्भव नहुने बताउँदै उनले यसलाई राष्ट्रिय बहसको रुपमा उठाउन जरुरी रहेको बताए । ‘नेपालको औद्योगिक क्षेत्रको सान्दर्भिकता, महत्व नदिएसम्म नेपालको अर्थतन्त्रको विकासले गति प्राप्त गर्न सक्दैन,’ उनले भने,‘वीरगन्ज औद्योगिक हबको रुपमा आफ्नो बिरासत कायम गरेको थियौ । औद्योगिक क्षेत्रको रुपमा पहिचान बनाएको थियो, जसरी बिकास हुनुपर्ने हो, हुन सकेन । औद्योगिक पूर्बाधारको बिकास उद्योग क्षेत्रले प्राप्त गर्ने राज्यको सहुलियत अपेक्षाकृत हुन सकेन ।’

उद्योगी उद्यमशिलतालाई राज्यले परिभाषित गर्दा महत्व नदिएको समेत बताए । ‘हिजो थुप्रै आरोह, अवरोध रह्यो । कोभिड महामारी वा त्यो भन्दा अगाडी सिमा नाकासँगको नाकाबन्दीको अवस्था । पछिल्लो पटक ब्याजदरको अवस्था पनि छ,’ मन्त्रीले भने, ‘हरेक पटक महामारी, नाकाबन्दी, बैंकको ब्याजदरले उद्योगीहरु समस्या भोगेका छन् । सोही कारण उद्योग धरासय हुने अवस्थामा पुग्यो । उकास्न वीरगन्ज मात्रै नभई देशका सबै क्षेत्रका उद्योगलाई बिकासमा ल्याउन जरुरी छ । सरकारले नयाँ योजना ल्याउन जरुरी छ ।’

कालोसुचीमा रहेका साना मझैला रग्ण उद्योगीको हकमा राज्यले कार्यदल बनाएर फेरी अध्ययन गरिने उनले बताए । साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २४,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद