Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

मधेशका स्वस्थ्यमन्त्रीद्वारा रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

ढल्केबर, चैत २४ गते । मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको बताउनुभयो । २०६० सालमा पहिलो पटक रक्तदान गरेको बताउँदै उहाँले त्यसपछि प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दैआएको जानकारी दिनुभयो ।

त्यसअवसरमा उहाँले रक्तदान कार्यक्रमका आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एमाले) को तर्फबाट चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुभएका मन्त्री सिंहले पदभार ग्रहण गरे लगतै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।

ब्लड बैङ्क तथा अस्पतालमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै ढल्केवरमा मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायत स्थानीय विभिन्न सङ्घसंस्थाको आयोजनामा वृहत् रक्तदान कार्यक्रमको आयोजना छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० चैत्र २४,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद