Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

हत्यामा संलग्न युवक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, चैत २२ गते । सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित जङ्गल टोल बस्ने एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

स्थानीय बौधु महतोकी श्रीमती ७० वर्षीय पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको मङ्गलबार साँझ आफ्नै घरमा हत्या भएको थियो ।

प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेका रौतहटको वृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रमोदले जिरायत क्षेत्रमा ज्याला मजदुरीको काम गर्थे । प्रारम्भिक अनुसन्धानमा प्रमोद चोरी गर्न गएका बेला वृद्धा प्रमीलादेवीले प्रतिकार गर्दा उहाँको हत्या भएको हुनसक्ने आशङ्का गरिए पनि वास्तविक कारण खुल्न बाँकी नै रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

प्रमोदले प्रमिलादेवीको अनुहारमा काठको मुढो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको अनुसन्धानका क्रममा प्रमिलादेवीको घरमा राखिएको सात बोरा चामलमध्ये छ बोरा चामलमात्रै फेला परेको छ ।

सिसिटिभी फुटेजका आधारमा महतोको घरबाट चोरी भएको चामल प्रमोद चौधरीले बोकेर हिँडेको देखिएको प्रहरीले जनाएको छ । चौधरी चोरी भएको चामल बोकेर बागमती नगरपालिका–४, घिमिरे चोकमा रहेको किराना पसलमा बिक्रीका लागि पुगेको समेत सिसिटिभी फुटेजबाट देखिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

चौधरीलाई प्रहरीले नहरको बाटो भएर रौतहटतर्फ भाग्दै गर्दा बुधबार बिहान बागमती नगरपालिका–१ बाट पक्राउ गरेको हो । प्रहरीले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप सोधपुछ तथा अनुसन्धान गरिरहेको बताएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० दयानिधि ज्ञवालीले घटना लगत्तै जिल्ला तथा इलाका प्रहरी कार्यालय हरिवनबाट परिचालित टोलीले अपराधमा संलग्न व्यक्तिलाई तत्कालै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको बताउनुभयो ।
सभार – गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद