Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सहकारी दिवस मनाइरहँदा ,यता सहकारीको साख जोगाउन मुस्किल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, चैत २१ गते । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ मङ्गलबार देशभर ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सहकारी दिवस मनाइरहँदा यता सहकारी संस्थाको साख जोगाउनै मुस्किल भएको छ ।

जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै गरिबी निवारणका लागि काम गर्नुपर्ने सहकारी संस्थाहरूले बचत सङ्कलन र नाफामुखी कार्यमा केन्द्रित भए पनि समस्या उत्पन्न भएको हो ।

२०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सहकारी दिवस मनाइन्छ । अहिले मुलुकभर ३१ हजार तीन सय बढी सहकारी छन् । सहकारीमा करिब ७३ लाख बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, पौने चार खर्ब ७८ अर्ब बढी बचत र चार खर्ब २६ अर्ब बढी ऋण परिचालन र झन्डै ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीको रहेको छ ।

धेरै सहकारीको कारोबार जोखिमपूर्ण देखिएको छ । सरकारले प्राथमिकता राखेको कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले ६७ औँ सहकारी दिवसको नारा अनुसार नै सहकारीमा सुशासन, प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक सामाजिक रूपान्तरणमा महìवपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो ।

केही सीमित सहकारीका कारणले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउँदै उहाँले व्यक्ति मनोमानीमा निजी कम्पनी जसरी सहकारी चल्दा समस्या आएको बताउनुभयो ।

समस्याग्रस्त सहकारी बिस पुगे

केही साताअघि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा सहकारीको सङ्ख्या २० पुगेको हो ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आएको छ । मन्त्रालयले सहकारी विभागका रजिस्ट्रारको प्रस्तावसहितको सिफारिसमा सोही सहकारी ऐनको दफा १०४ को उपदफा ९२० बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने गरेको छ ।

मन्त्रालयले सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउने गरेको छ । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

ओरेन्टल कोअपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपती सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषी सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गरिसकेको छ । यी सहकारीको कुल पाँच अर्बभन्दा बढी बचत रकम रहेको समितिको तथ्याङ्क छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित : २०८० चैत्र २१,बुधबार
जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद