Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

तीनवटा सहकारीमा तोडफोड र चोरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

दमक, चैत २१ गते । झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो । गौरादह वडा नं। ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीबाट सात लाख रुपियाँ सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताउनुभयो । आचार्यका अनुसार सेफ राखिएको हिसाब हेर्ने काम भएपछि सबै थाहा हुनेछ । यसैगरी, चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारीबबाट ५४ हजार चोरी भएको बताइएको छ ।

चोरी र तोडफोड भएपछि नगर प्रमुख छत्रपति सुवेदीसहितको टोलीले उक्त सहकारीहरुमा पुगेर चोर पत्ता लगाउन र यस्तो गतिविधि रोक्नका लागि स्थानीय प्रशासनसँग माग गर्ने बताउनुभएको छ । बारम्बार चोरीका घटनाहरु भइरहेकाले यस विषयमा प्रशासनको ध्यान जान जरुरी छ, उहाँले भन्नुभयो ।

एकैरातमा तीनवटा सहकारी संस्थाहरुमा चोरी भएपछि स्थानीयहरुले सुरक्षा बढाउन माग राखेका छन् । यसभन्दा गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको थियो । सभार गोरखापत्र अनलाइन

यो समाचार पत्रकार विष्णुप्रसाद पोखरेलले गोरखापत्रमा लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र २१,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद