Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

तीनवटा सहकारीमा तोडफोड र चोरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दमक, चैत २१ गते । झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो । गौरादह वडा नं। ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीबाट सात लाख रुपियाँ सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताउनुभयो । आचार्यका अनुसार सेफ राखिएको हिसाब हेर्ने काम भएपछि सबै थाहा हुनेछ । यसैगरी, चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारीबबाट ५४ हजार चोरी भएको बताइएको छ ।

चोरी र तोडफोड भएपछि नगर प्रमुख छत्रपति सुवेदीसहितको टोलीले उक्त सहकारीहरुमा पुगेर चोर पत्ता लगाउन र यस्तो गतिविधि रोक्नका लागि स्थानीय प्रशासनसँग माग गर्ने बताउनुभएको छ । बारम्बार चोरीका घटनाहरु भइरहेकाले यस विषयमा प्रशासनको ध्यान जान जरुरी छ, उहाँले भन्नुभयो ।

एकैरातमा तीनवटा सहकारी संस्थाहरुमा चोरी भएपछि स्थानीयहरुले सुरक्षा बढाउन माग राखेका छन् । यसभन्दा गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको थियो । सभार गोरखापत्र अनलाइन

यो समाचार पत्रकार विष्णुप्रसाद पोखरेलले गोरखापत्रमा लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र २१,बुधबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद