Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सर्लाहीको जिरायतमा एक वृद्धाको हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, चैत २१ गते । सर्लाहीको जिरायतमा एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४,जिरायतका स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको हत्या भएको हो । मङ्गलबार साँझ करिब ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । नजिकै रहेको ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा २८ वर्षीय ती युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवम् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

मृतकको अनुहारमा चोट देखिएको छ । शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ ।

मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मङ्गलबार राति नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएको छ । वृद्धाको हत्या हुनुको कारण खुल्न बाँकी छ । यसबारे पत्रकार सम्मेलन नै गरेर सावजनिक गर्ने तयारी रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० चैत्र २१,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद