Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चितवनबाट उद्धार गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन वटै बाघको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
file photo

file photo

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा,१९चैतः चितवनबाट उद्धार गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको भाले बाघकोपनि मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

केही दिनदेखि बिरामी भएको बाघलाई शुक्रबार राति खोरमा आहारा दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जनाए । वयस्क भाले बाघको मृत्युसँगै अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोर रित्तो भएको छ ।

यसअघि पर्साको ठोरी र चितवनबाट उद्धार गरी ल्याएका एउटा पोथी र एउटा भाले भाघकोपनि खोरमै मृत्यु भएको थियो । शुक्रबारराति थप एउटा बाघको मृत्यु भएसँगै निकुञ्जको खोर रित्तो भएको हो । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । २ वटा बाघ राख्ने क्षमता भएको साँघुरो खोरमा निकुञ्जले ३ वटा बाघलाई राख्दै आएको थियो ।

अत्यन्तै दुर्गन्धित र साँघुरो खोरमा राखिएको बाघलाई बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको हो । निकुञ्जले बाघको उमेर हेरेर एकदिन बिराएर ५ किलो मासु दिँदै आएको थियो ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको जनाए । ‘खोर भनेको बाघलाई उद्धार गरेर १÷२ महिनाका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो, लामो समय खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘खोरमा बाघको लागि वातावरण राम्रो नभएका कारणले नै मरेका हुन्, धेरै समय राखिएको थियो । त्यो नै गल्ती भयो ।’

पछिल्लो केही महिनामा बारा, पर्सामा एक दर्जन बाघको प्राकृतिक तथा मानवीय कारणले मृत्यु भएको छ । चैत ६ गते बाराको तामागढी साझेदारी वनमा तस्करले गोली हानेर मारेको अवस्थामा करिब ३ वर्षको पोथी बाघ मृत भेटिएको थियो । सो बाघको पुच्छर काटिएको, दाँत, जुँगा र आँखा समेत निकालिएको थियो ।

त्यसैगरी फागुन २४ गते बाराको कछडिया सामुदायिक वनमा अर्को एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । सो बाघलाई पशु चौपाया खाएको प्रतिशोधमा विषाक्त मासु दिएर मारिएको आशङ्का गरिएको छ । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएका कारण स्थानीयहरूले मासुमा विष हालेर छोडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

गत फागुनमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ र २ मा चार दिनको अन्तरालमा २ वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को गणनामा ४१ वटा दुर्लभ पाटे बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा त्यस यता एक दर्जन बाघको ज्यान गइसकेको छ ।

पर्सा निकुञ्जमा सन् २०१८ को गणनामा १८ बाट एकैपटक उत्साहजनक ढङ्गले वृद्धि भएर ४१ वटा पुगेको बाघ पछिल्लो समय वासस्थान, आहारा र पानीको अभावमा वनक्षेत्र आसपासका बस्तीमा छिर्न थालेको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पछिल्लो समय बाघको वासस्थान क्षेत्र अतिक्रमण हुँदा बस्तीमा छिर्न थालेको बताए । परिणामस्वरुप बाघ र मानिसबिच द्वन्द्व बढेको उनको भनाइ छ ।साभारःरातोपाटीबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद