Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

कर प्रणालीमा समयानुकूल संशोधनका लागि छुट्टै निकाय जरुरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, चैत १९ गते । करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी रहेको सरकारकै प्रतिवेदनले निष्कर्ष निकालेको छ । कर प्रणालीमा समयानुकूल संशोधनका लागि सरकारले गठन गरेको कर प्रणाली सुधार उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदनले सोसहित राजस्व न्यायाधिकरणको विद्यमान संरचनामा पनि परिवर्तन जरुरी रहेको उल्लेख गरेको छ ।

समितिले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको प्रतिवेदनले पछिल्लो दशकमा राजस्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेकाले राजस्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव दिएको छ ।

विगतमा लिइएका कतिपय सङ्कुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । आर्थिक वृद्धिमा सङ्कुचनको प्रमुख कारण राजस्व सङ्कलन क्षमतामा वृद्धि हुन नसक्नु रहेको ठहर प्रतिवेदनको छ ।

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति शृङ्खलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा भएको प्रतिवेदनले जनाएको छ तर पछिल्लो समय आर्थिक वृद्धिदर र मुद्रा स्फीतिको अवस्थाबाट समग्र अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किन थालेको निष्कर्ष प्रतिवेदनको छ ।

प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सबलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पुनले प्रतिवेदन कार्यान्वयनमा सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो । राजस्वले साधारण खर्च धान्न पनि धौ धौ परेको र देशभित्र तथा बाहिरका लगानीकर्ता आकर्षित गर्नुपर्ने समयमा प्रतिवेदन आउनु सकारात्मक रहेको उहाँको भनाइ थियो ।

“बजेटको पूर्वसन्ध्यामा केही गर्छु भनेर लागेको समयमा राम्रो प्रतिवेदन हात परेको छ,” उहाँले भन्नुभयो, “प्रतिवेदनले सरकारको आर्थिक सुधारको प्रयासलाई सहयोग पुग्ने विश्वास छ ।”

प्रतिवेदन बुझाउँदै समिति संयोजक विद्याधर मल्लिकले मुलुकको कर प्रशासन, आर्थिक वृद्धि र समग्र अर्थतन्त्रको विकासका लागि प्रतिवेदन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । कम्तीमा आगामी ५ देखि २० वर्षसम्मका लागि राजस्व परिचालनसम्बन्धी नीति निर्माण गर्दा काम लाग्ने सुझावहरू प्रतिवेदनमा समेटिएको उहाँले जानकारी दिनुभयो ।

गत भदौ २९ गते मन्त्रीपरिषद्ले पूर्वअर्थमन्त्री एवं पूर्वसचिव मल्लिक नेतृत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । समितिको सदस्यमा पूर्वसचिव लक्ष्मण अर्याल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा। रामप्रसाद ज्ञवाली र पूर्वप्रशासक एवं भन्सारविज्ञ रामप्रसाद दाहाल रहनुभएको थियो ।

समितिले यसअघि गत कात्तिक १ गते तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतलाई प्रारम्भिक प्रतिवेदन र फागुन १ गते अन्तरिम प्रतिवेदन बुझाएको थियो । ती दुई प्रतिवेदनमा भन्दा केही सुधार गरी अन्तिम प्रतिवेदन तयार पारिएको अर्थ मन्त्रालयका सहसचिव एवं समितिका सदस्यसचिव महेश बरालले जानकारी दिनुभयो ।सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास
मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

प्रकाशित : २०८० चैत्र १९,सोमबार
पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद