Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बर्दीबास ३ मा ७० हजार लिटर खानेपानी ट्याङ्कीको शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १८,आईतवार
A A
बर्दीबास ३ स्थित उत्तरवर्ती हात्तीमारामा ७० हजार लिटर क्षमताको खानेपानी ट्यांकी शिलान्यास गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीलगायत । तस्बिर - रवीन्द्र उप्रेती

बर्दीबास ३ स्थित उत्तरवर्ती हात्तीमारामा ७० हजार लिटर क्षमताको खानेपानी ट्यांकी शिलान्यास गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीलगायत । तस्बिर - रवीन्द्र उप्रेती

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दीबास, चैत १८ गते । नगरप्रमुख प्रह्लाद क्षेत्रीले ७० हजार लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्कीको आज वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको छ । बर्दीबास ३ स्थित चुरे र भावरको मध्यबिन्दुमा पर्ने धारापानीमा खानेपानी प्रमुख समस्याका रुपमा छ ।

गाँउका ७५ वर्षीय प्रेमबहादुर थापाका अनुसार पहिले यहाँ खानेपानीको कुनै समस्या थिएन । जङ्गल हराभरा थियो । गाउँको वरिपरि रहेका सातपत्रे खोल्सी, हात्तीमारा र नौ खोल्सीमा सदाबहार पानी बग्थ्यो ।

गाउँलेका तिर्खा तीनै खोल्सीमा रसाएका शुद्ध र मीठो पानीले मेट्ने गरेको उहाँले विगत सम्झिनुभयो । अहिले पनि खोल्सीहरु त छन् तर तिनमा पहिले झैँ पानी भने छैन । वरिपरिका घना जङ्गल उजाड र रित्तिने क्रमसँगै रसिला खोल्सीहरु पनि मरुभूमि बन्दै गए । यो वातावरणीय विपद्ले गर्दा धारापानी काकाकुल बनेको उहाँको बुझाइ छ ।

ूयो गाउँ अब नाम मात्रको धारापानी रह्यो । गाँउमा धारा त छन् तिनमा पानी छैन । खोला खोल्सीमा चिस्यानसमेत छैन,ू थापाले भन्नुभयो, ूधारा सुकेकाले पानी दिने हाम्रो अवस्था रहेन ।ू खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर राउतका अनुसार ८० परिवार बसोवास गर्ने धारापानीको जनसङ्ख्या करिब ५०० छ ।

खोल्सीहरु सुक्दै गएपछि गाउँलेको तिर्खा मेट्न एक दशकअघि २ किमी पश्मितर्फको भवसी खोला छेउमा ८५ फिट गहिरो नयाँ डिप ट्युवेल गाडियो । त्यहाँबाट पम्पले तानेर २६ हजार लिटर छमताको ट्यांकीमा जम्मा गरि दामाशाहीले पानी वितरण गर्नु पर्थ्यो । जनसङ्ख्या बढ्दै जाँदा ट्यांकीको पानीले गाँउलेको आवश्यकता थेग्न सकेन । त्यो ट्यांकी पनि ६ महिनाअघि फुटेपछि धारापानीका लागि पानी टड्कारो समस्या बनेका उहाँले पीडा सुनाउनुभयो ।

पानी अभावले चौपाया पाल्नेदेखि स्वास्थ्य र सरसफाइसम्बन्धी अनेकन समस्या आइलागेको गाँउलेको भनाइ छ । ूअव भने पहिलेको भन्दा तेव्वर छमताको (७० हजार लिटर) ट्यांकी शिलान्यास भएकोले गाँउमा पानीको समस्या टरेर जाने आशा जगाएको छू, समिति अध्यक्ष राउतले थप्नुभयो, ूयसले सबै गाँउलेलाई राहत महसुस गराएको छ ।ू

नगरप्रमुख क्षेत्रीले धारापानीको प्रमुख समस्या बनेको खानेपानी आपूर्तिका लागि नगरस्तरीय योजनाबाट १२ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । ूयही बजेटबाट नयाँ ट्याङ्की निर्माण सुरु भएकोले छिटै नै धारापानीको तिर्खा मेटिने विश्वाश दिलाउन चाहन्छु,ू नगरप्रमुख क्षेत्रीले भन्नुभयो । बर्दीबास वडा नं ३ का वडाध्यक्ष विराट विस्टले नगरस्तरीय योजना भएकोले असारभित्र सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाइएको बताउनुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र १८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद