Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आर्थिक मन्दीका कारण १ हजार २ सय सवारीसाधन वीरगन्ज नाकामा थन्किए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १८,आईतवार
A A
file photo

file photo

3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८चैतः– आर्थिक मन्दीका कारण १ हजार २ सयभन्दा बढी नयाँ सवारीसाधन भन्सार जाँच पास नभएर वीरगन्ज नाकामा थन्किएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीका अनुसार, वीरगन्ज भन्सार कार्यालयको यार्डमा मात्रै भन्सार जाँच पास नभएका एक हजार दुई सयभन्दा नयाँ सवारीसाधन थन्किएर रहेका छन् ।पन्थीले भने ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँच पास गराउने प्रवृत्ति छ,’ उनले भने ।

भन्सार कार्यालयका अनुसार भन्सार यार्डमा थन्किएका सवारी साधनमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँच पास नभएका सवारीसाधनको संख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसै गरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको संख्या घटेर एक हजार आठ सयमा झरेको थियो । अहिले चैत १५ गतेसम्म वीरगन्ज भन्सार यार्डमा थन्किएका सवारीसाधनको संख्या १ हजार २ सय रहेको पन्थीले जानकारी दिए।

अटो मोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँच पास गराउने गर्दै आएकाले भन्सार यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

अटोमोबिल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुब थापाले आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँच पास नभई थन्किरहेको बताए । ‘पहिला वीरगन्ज भन्सार कार्यालयमा झन्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँच पास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको संख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लगानी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’

पूर्व अध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि बिस्तारै छुटाउने नीति लिँदै आएको बताए ।

‘अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्’, पूर्व अध्यक्ष थापाले भने, ‘अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।’ उनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिचकिचाइरहेका छन् ।

‘नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लगानी गर्नसमेत आनाकानी गरिहरेकाले केही समस्या भएको हो ।’

विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०–८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यस बेला ‘डाउन पेमेन्ट’ भने २०–३० प्रतिशत तिरे मात्रै पुग्ने गर्थ्यो । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैङ्क तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।
प्रमुख भन्सार प्रशासक पन्थीले भने भन्सार यार्डमा सवारीसाधन जाँच पास नगरीकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको संकेत गर्ने बताए ।

‘अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो’, उनले भने, ‘भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँच पास हुने हो भने कम्तीमा पनि १० अर्ब हाराहारीको राजस्व संकलन हुनेछ ।’ रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० चैत्र १८,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० चैत्र १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद