Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ८,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज , ८ चैत ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा
चैत १० गते शनिबार हुने फाइनलमा वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फुटबल एकेडेमी भिडन लागेका हुन ।
परवानीपुर खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई सडेन डेथमा १(० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमीले निर्धारित समयमा २(२ गोलको बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा दुबै टिमका पाँच ( पाँच खेलाडी मध्ये तीन ( तीन खेलाडीले गोल हान्दा दुई ( दुई जनाले गोल गर्न सकेका थिएनन ।
त्यसपछि खेलको नतिजा सडेन डेथ मार्फत निकालिएको थियो । सडेन डेथमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई १(० गोल अन्तरले हराएको हो ।
खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका गोलकिपर दिलमणी चौधरी घोषित भए उनलाई पर्सागढी निवासी जितेन्द्र यादवले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको पहिलो सेमिफाइनल खेलमा प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार थिए ।
यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरले बाग्मती फुटबल क्लबलाई २(१ गोल अन्तर हराएर फाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २७ औं मिनेटमा हेटौंडा फुटबल एकेडेमीका खेलाडी प्रकाश पुन पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेर अग्रता दिलाए ।
सुरु देखि रोमाञ्चक बनेको खेलको ३६ औं मिनेटमा फेरि दिवस श्रेष्ठले आफ्नो टिमको लागि दोस्रो गोल गरे ।

गोललाई फर्काउन निकै प्रयास गरेको बाग्मती फुटबल क्लबका खेलाडीले खेल सक्नु भन्दा झन्डै दुई मिनेट अगाडि एक गोल फर्काए ।
बाग्मती फुटबल क्लबका खेलाडी कपिल मगरले आफ्नो टिमको लागि पहिलो गोल गरेका थिए ।
आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमीका कप्तान प्रताप तामाङ घोषित भए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेश कमिटीका सदस्य मोबिन आलमले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे ।
शुक्रबार निजगढ महिला फुटबल क्लब र वीरगन्ज युथ महिला फुटबल टिम बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ ।

बुधबार भएको बर्षाका कारण खेल मैदानमा पानी जमेपछी स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार पहिलो चरणमा र बिहीबार हुने दोस्रो सेमिफाइनल खेल दोस्रो चरणमा गराइएको थियो ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए ।
प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद