Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कलैयास्थित यातायात व्यवस्था कार्यालयलेपनि अब सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण कार्य सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२९फाल्गुन । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयलेपनि अब सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण कार्य सुरु गर्ने भएको छ ।गत मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए ।

कलैयाको कार्यालयबाट यसअघि सवारी दर्ता र लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख हुसेनले बताए ।अब मोटरसाईकल स्कुटी, जीप, कार, अटो रिक्सा,ट्रयाकटर जस्ता हलुका सवारी साधनको लाइसेन्स बितरण गर्ने अधिकार कार्यालयले पाएको उनले बताए ।

अधिकार पाएसँगै लाइसेन्सका लागि लाइसेन्सका लागि आवेदन खुल्ला गर्ने कार्यपनि भईसकेको पनि हुसेनले जानकारी दिए । लाईसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।

कार्यालय नजिकै रहेको कलैया ३ गंगापुरमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सवारी ट्रायल सेन्टर संचालनमा ल्याइएको कार्यालय प्रमुख हुसेनले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले सवारीको लाइसेन्स वितरण गर्ने नीति लिइएको कार्यालयले जनाएको छ ।यसअघि यातायात कार्यालय कलैया बारालाई लाईसेन्स वितरणको अधिकार नहुँदा बारा जिल्लाका सेवाग्राहीलाई वीरगन्जनै पुग्नुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद