Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

जीतपुरसिमरा महोत्सवको तयारी पुरा, मुख्य मन्त्रिले उद्धघाटन गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मी खरेल,
१७ फागुन २०८०
बारा,
स्वादिष्ट खाना, नाचगाना सहित डेढ सय भन्दा बढि व्यवसायीक स्टल घुम्न सकिने गरी जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारि पूरा भएको छ । आयोजकले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनी स्थित महोत्सव स्थलमा विहिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार÷जीतपुरसिमरा बारा, मधेस समृद्धिको मुख्य आधार’ भन्ने नारासहित जीतपुरसिमरा महोत्सव र पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ हुन लागेको हो । महोत्सवको भोली शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मालपोत कार्यालय छेउको खुल्ला चौरमा फागुन १८ गते देखि हुने महोत्सव फागुन २९ गतेसम्म चल्ने छ । पछिल्लो समयमा सुस्त बनेको व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो । आर्थिक मन्दीका कारण ठप्प हुने अवस्थाको व्यावसायिक क्षेत्रलाई एकै थलो मार्फत प्रवर्द्धन तथा प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य रहेको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
लामिछानेले महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको गरी डेढ सय भन्दा बढि प्रदर्शनी रहने जनाएका छन् । उनका अनुसार महोत्सवमा सकेसम्म हरेक क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामाग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्नेछन् ।

महोत्सवमा व्यवसायिक स्टल, औद्योगिक, कृषि एवं अटो मोबाइल प्रर्दशनी, विभिन्न परिकारका स्टल, वैदेशिक रोजगारका लागि परामर्शका साथै मनोरञ्जनात्मक बाल उद्यानको आनन्द उठाउन सकिन्छ । स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन २०८० को समेत तयारी गरिएको छ । च्याम्पियनमा प्रथम हुनेले तिस हजार, द्धितियले १५ हजार, तृतियले १० हजार र चौथो हुनेले ५ हजार रुपैंया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा निजी क्षेत्रबाट सहयोगको अपेक्षा राखेको आयोजकले महोत्सवमा ८३ लाख रुपैंया खर्च हुने अनुमान राखेको छ । महोत्सवका लागि आवश्यक स्वीकृति लिइसकेको तथा २० वटा उपसमिति गठन भइ काम गरिरहेको संघका महासचिव प्रकाश गिरीले बताए ।

महोत्सव प्रवेशका लागि विद्यार्थीले २५ रुपैंया तथा अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपाङ्गता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् । महोत्सवलाई करिब एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
हुलास स्टिल, पतंजली, जाउलाखेल डिष्ट्रिलरीको प्रायोजनमा हुन लागेको महोत्सवको पार्टनरका रुपमा ग्लोबल आईएमी बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, भायनेट, सगरमाथा लुम्बिनी ईन्सुरेन्स, टिभिएस र फिस्ट वाल्क सुज रहेका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मधेशप्रदेशले प्रवद्र्धन गरेको महोत्सवको संरक्षक प्रवद्र्धक जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ भने अभिभावकिय भुमिकामा नेपाल उद्योग वाण्ज्यि महासंघ तथा उद्योग वाणिज्य महासंघ मधेशप्रदेश रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास
मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद