Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निजगढ विस्फोट अपडेटः नाम नखुलेको शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भइसकेको छ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा,१६फाल्गुनः बाराको निजगढस्थित गत सोमबार ग्यारेजमा तीन जनाको ज्यान लिने गरी विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलेको छ ।निजगढस्थित रोहित वर्कसप ९लेथ० मा सोमबार नाम नखुलेको शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भइसकेको छ भने घाइते ३ जनाको उपचार अहिलेपनि जारी छ ।

झण्डै १५ किलो तौलको त्यो पदार्थ के थियो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ । तर, विस्फोट भएको उक्त वस्तु ६ हजार पाँच सय रुपैयाँमा किनबेच भएको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले बताए ।

नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो वस्तुलाई लेथमा राखेर काट्ने क्रममा अचानक विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए।
बाराका प्रहरी उपरीक्षक काफलेले भने,‘अन्य कबाडी सामानसँगै त्यो विस्फोटक पदार्थ पनि होलसेलमा किनबेच भएको पाइएको छ ।केही दिनअघि एक सय २३ किलो कबाडी सामान किन्दा त्यो शंकास्पद बस्तु पनि कबाडी सञ्चालकले तौल गरेर किनेको पाइएको छ । हामी थप अनुसन्धानको क्रममा छौँ ।’

उक्त शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका ९ का २९ वर्षीय टीकाराम पाख्रिन र त्यो वस्तु किन्ने रमेश जैसवाल पक्राउ परिसकेका छन् । भारतीय नागरिक जयसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन् ।

्‘त्यो वस्तु बेच्ने पाख्रिन र किन्ने जैसवाले पनि त्यो शंकास्पद वस्तु के थियो, आफूलाई थाहा नभएको बताएका छन्,’ काफ्लेले भने, ‘पाख्रिनले त्यो वस्तु आफूले अन्यत्रबाटै ल्याएको बयान दिएका छन् । हामी उनले भनेको लोकेसनमा थप अनुसन्धानको लागि जाने तयारीमा छौँ ।’

पाख्रिनले त्यो वस्तु बारा भन्दा बाहिरी ठाउँबाट ल्याएको बयान दिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । पाख्रिनले त्यो वस्तु ल्याएको ठाउँ भने काफ्लेले खुलाउन चाहेनन् ।काफ्लेले त्यो विस्फोटक पदार्थ के हो अहिले नै भन्न सक्ने अवस्था नरहेको दाबी गरे। बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाइकसेको छ ।

सोमबार ग्यारेजमा भएको विस्फोटमा परेर ग्यारेजका सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगन्जका २० वर्षीय रितु रजतको मृत्यु भएको छ ।विस्फोटमा परेर निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगन्ज महानगरपालिका– ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामगढवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद