Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाराको दुधौरा खोलाका ठेकेदारले गर्दैछन कर छली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१६ फागुन,बारा । बाराका दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको भएको ठेक्कापाटमा कर छली भइरहेको तथ्य फेला परेको छ ।

खोलाबाट खोलाजन्य पदार्थमा लाग्ने कर असुली जालझेल भइरहेको तथ्य फेला परेको हो । दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको ठेक्कापाटा लिएका संदेश सप्लायर्सले एउटा भ्याटमा बढी गिट्टी, बालुवा, ग्रेबलको लोडिङ गराइरहेको कागजात फेला परेको छ ।

संदेश सप्लायर्सले यही १४ गते गनी हुसेन सप्लायर्स एण्ड कन्ट्रक्सनलाई दुधौरा खोलाबाट नदीजन्य पदार्थ अर्थात् मिक्स ग्रेबल बेचेको भ्याट बिल काटेका थिए ।
प्रदेश २–०३–००१ क २५४९ नम्बरको गाडीलाई बेचिएको मिक्स ग्रेबल एउटै भ्याट बिलमा यही गाडीलाई २ पटक लोडिङ स्लिप दिइएको गनी सप्लायर्सले जनाएको छ । गनी सप्लायर्सले भन्छ,‘दुधौरा खोलाबाट नदीजन्य पदार्थ लिदा एउटै भ्याट दिन्छ, त्यही भ्याट बिलबाट पटकपटक ढुवानी गर्न लगाउँछ ।’

तर खोलाजन्य पदार्थको ओसारपसार गर्दा त्यो नियमावली भने छैन् । नियमावली अनुसार एउटा भ्याट बिलमा एक पटक मात्रै नदीजन्य पदार्थ बेचबिखन गर्न पाइने व्यवस्था छ ।
तर दुधौरा खोलाका ठेकेदारले भने एउटौ भ्याट बिलमा पटकपटक नदीजन्य पदार्थ विक्री गरिरहेको छ । यही १४ गते दुधौरा खोलाबाट मिक्स ग्रेबल लिदा एउटा भ्याट बिलमा ००७९९ र ००८०० नम्बरको २ वटा लोडिङ स्लिप रसिद दिएको गनी सप्लायर्सले जनाएको छ ।

तर यो २ वटै रसिदमा भने यो दिन एउटा मात्रै भ्याट बिल दिएको अर्को एक सप्लायर्सको पनि भनाइ छ । नाम नराख्ने शर्तमा उनले भने–यो समस्या दुधौराको खोलाको मात्रै छैन्, बाराका अधिकाश खोलाका यही समस्या छन् ।
बाराका बलगंगा, पसाहा, बकैया खोलाको पनि यस्तै रवैया रहेको गनी सप्लायर्सको गुनासो छ । उसका अनुसार सबै खोलामा एउटै भ्याट बिलबाट बढी पटक बालुवा, ग्रेबलसहित नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तर सम्बन्धित निकाय भने मौन रहेको गनी सप्लायर्सको भनाइ छ । प्रशासनिक निकायको मिलोमतोमा ठेकेदारहरु भ्याट छल्ने काम गरिरहेको उनको गुनासो छ ।

तर यो आरोप गलत भएको दुधौरा खोलाका ठेकेदार रमेश घिमिरेले जनाए । उनका अनुसार आफ्नो खोलाबाट जाने सबै गाडीको हरेक पटक भ्याट बिल दिने गरिएको छ । उनले भने,‘हामीले हरेक गाडीको बिल हरेक पटक दिने गर्छौ, एउटा भ्याट बिलमा एकैपटक काम गर्छौ । त्यसकारण अन्य आरोप तथ्यहीन विषय हो ।’सभार रेसखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास
मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद