Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्ज कलेजले दुईदिने वीरगन्जमा खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्ज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको हो ।

कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर फागुण १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताए ।

खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा।चौधरीले बताए । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।

गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताए । खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताए ।

विद्यार्थीहरुको पाठ्यक्रमको अध्ययन मात्रै नभई उनीहरुलाई स्वरोजगार बनाई आयआर्जनका लागि प्रोत्साहन गर्नका लागि पनि मेला सहज माध्यम हुने क्याम्पस प्रमुख गुप्ताको भनाई छ । खाना तथा सांस्कृतिक मेला आयोजना गर्न लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्यप्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोग हुनेछ ।

आन्तरिक श्रोत, मुख्यप्रायोजक, प्रायोजक र सह प्रायोजकबाट प्राप्त कोषको रकम स्टल, स्टेज, लाईट, साउण्ड लगायतका भौतिक साधनहरुमा खर्च गरि बिद्यार्थीहरुलाई उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

मेलामा स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समुहलाई दिइनेछ । उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरणका लागि राख्ने छन् । स्टलबाट विक्री भएको आम्दानी बिद्यार्थीहरुको हुने र कलेजले बिद्यार्थीहरुसंग कुनै शुल्क नलिएको पनि डा।चौधरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद