Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने – राज्यमन्त्री रहबर अन्सारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् । पत्रकारिता दुषित भयो भने लोकतन्त्र कमजोर हुने बताउदै उहाँले पत्रकारितालाई पकवान जस्ता बनाउन नहुने बताए ।

युएस एडको आर्थिक सहयोग, एसिया फाउण्डेशन नागरिक समाज र सञ्चारको सहकार्यमा हाम्रो अभियान पर्साले वीरगन्जमा आयोजना गरेको युवा, महिला र सीमान्तकृतहरुको लागि पत्रकारिता फेलोसिप समापन समारोहमा राज्यमन्त्री अन्सारीले यस्तो बताएका हुन् ।

उनले समाजलाई जीवित राख्नको लागि पत्रकारिताको आवश्यकता रहेको बताउदै कहिलेकाही मिडियाले पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न हुने गरेकोले यसतर्फ सञ्चारकर्मीहरु सचेत हुनुपर्ने बताए ।

महिला, युवा र सीमान्तकृत समुदायका आवाजहरुलाई सम्बोधन गराउनका लागि विभिन्न दातृ निकायको सहयोगमा हाम्रो अभियान संस्थाले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको बताए ।

हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसएडका प्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सात महिनासम्म पत्रकारिता फेलोसिपमा सहभागि भएका १० जनालाई प्रमाणपत्र वितरण गरिएको हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद