Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराका पिडितहरु सडक बनेको दुई बर्ष बित्दापनि मुआब्जा नपाएपछि आन्दोलित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा,१०फाल्गुनः बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।

सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिको अगुवाइमा स्थानीयले सडक बन्द गरेर आन्दोलन गरेका हुन्।

तामागढीको प्रस्थान विन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूले आन्दोलन गरिरहेका छन्। पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

तामागढी–सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा २०७८ चैत १८ गते निर्माण सम्पन्न भएको थियो। जसमध्ये ३९।७५ किलोमिटर सडक विस्तार गर्दा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो। तर, हुलाकी सडक निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दासमेत मुआब्जा नदिएपछि स्थानीय आन्दोलित भएका हुन्।

आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी छन्।साभारः नयाँपत्रिकाबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद