Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेससंग अहिलेपनि मूलधारका मिडियाले विभेद गरिरहेका छन् ः सांसद यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,४फाल्गुनः जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले मूलधारका मिडियाले मधेससंग अहिलेपनि विभेद गरिरहेको गुनासो गरेका छन् ।
वीरगन्जमा शुक्रबार राष्ट्रिय समाचार समिति(रासस)को ६३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै यादवले मूलधारका मिडिया काठमाडौंमूखी मात्रै भएको बताए । प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भने,‘ मूलधारका मिडियामा अहिलेपनि काठमाडौं मुखी समाचारले मात्र प्राथमिकता पाइरहेका हुन्छन् । मोफसलका मुद्धाले तीनमा स्थान पाउन सकिरहेका छैनन् ।’
संसदमा मधेसबाट प्रतिनिधीत्त्व गर्ने सांसदहरुले मधेसका एकसे एक मुद्धा उठाएपनि मूलधारका अधिकांश मिडियाले प्राथमिकताका साथ स्थान नदिने गरेको गुनासो उनको थियो ।

पूर्व वनमन्त्री समेत रहेका यादवले मिडिया सत्य र तथ्यमा आधारित भएर अगाडि बढनुपर्नेमा जोड दिए । उनले अहिलेपनि केहि मिडियाहरु व्यपारिक घरानाको कब्जामा रहेको र तीनले ती व्यपारिक घरानका काला कर्तूतहरुलाई ढाकछोप गर्न वकालत गरिरहेको बताए ।
विगतामा मिडियाले गरेका केहि कामको प्रशंसा गर्दै यादवले भने,‘ मिडियाकै कारण हाम्रै देशमा ठूल्ठूला तानाशाहको अन्त्यपनि भएको छ । यदि मिडिया सत्यको वकालतमा लागि रह्यो भने देशमा कोहिपनि तानाशाह जन्मनै सक्दैन ।’

राससका वीरगन्ज प्रमुख राजु विश्वकर्र्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस ससंगठनका केन्द्रिय महासचिव रामकुमार एलन,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद