Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २५,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बिच माध्यमिक विद्यालय झौवाँगुठीको चौरमा भएको प्रतियोगिताको बुधबार सम्पन्न भएको छ ।

प्रमुख अथिति अध्यक्ष तिवारीले विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो ।खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत पनि भएको बताए । खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसँसा गरे । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडी विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

१९ देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका खेल २४ गते सम्पन्न भएको गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताउनु भयो ।

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा तीन किसिमका खेल भएको थियो । म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी थिए भने शोर्ट फुटमा ५ वटा विद्यालय र जेब्लिङ थ्रो ( ५ विद्यालय सहभागी भएका थिए ।

२४ गते सम्पन्न भएको खेलमा मावि तर्फको खेलमा श्री रा।रा।चौ। मावि प्रथम भएको थियो भने श्री रा।रा। चौ। दोश्रो र मसरुर आधारभूत विद्यालय तेश्रो भएको थियो । तेस्तै प्रावि तर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम भएको थियो भने भगवती नेरा प्रावि दोश्रो र रा रा चौ मावि तेश्रो भएको थियो ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , इलाका प्रहरी कार्यालय पोखरीया पर्साका प्रहरी निरीक्षक मोहन बिक्रम केसी , शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल , गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक , शिक्षक , शिक्षिका , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गर्नुभएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ २५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद