माघ,२२ वीरगंज ।
सुरक्षित आप्रवासन (सामी)को आयोजनामा वैदेशिक रोजगार बिषयक पत्रकारसँग एक दिने अन्तर्कृया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिका ,पर्सागढी नगरपालिका ,सखुवा प्रसौनी र ठोरी गाउँपालिकाको सहयोग स्वदेशमा नै रोजगार गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर सीप सिकेर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन ( सामी) कार्यक्रम वैदेशिक रोजगार बिषयक पत्रकारहरु संग एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम स्थानीय रोयल पार्टी प्यालेसमा सोमबार सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रममा आः बः २०६३÷६४ देखि २०७९÷८० सम्म नेपाल बाट श्रम स्कृिति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ लाख ५२ हजार २३४ जना पुगेको छ भने आः बः २०७९÷८० मा ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर गएको तथ्यांक सार्वजनिक गरेका थिए।
बीरगंज महानगरपालिकाका वैदेशिक रोजगारका फोकल परसन कार्यक्रमका प्रमुख अतिथि प्रतिमा बैधले बीरगंज महानगरपालिकाले गतवर्ष रु ४० लाखको बजेट छुटाएर कार्यक्रम संचालनमा सहयोग पुराएको र यो वर्ष पनि रु ३३ लाख छुट्टयाएको भए पनि महानगरपालिका भित्र अहिले आर्थिक समस्या परेकाले सहयोग गर्न नसकिएको बताए । उनले भने दिब्य विकास स्रोत केन्द्रले चारवटा पालिका र महानगरपालिका भित्र वैदेशिक रोजगार सम्बन्धि राम्रो काम गरिरहेको प्रसंशा गर्नुभएको छ। अहिले वैदेशिक रोजगारमा जाने बिषय राष्ट्रिय समस्या भएकोले यसलाई सबैले समाधान गर्नुका साथै पत्रकारहरुले बढी ध्यानाकर्षण गराउन जरुरी रहेको बताए ।
वैदेशिक रोजगारमा जानेको तथ्यांक हेर्ने हो भने धेरै मानिसहरु रोजगारी गर्न श्रम इजाजतपत्र नलिई गएको संख्या पनि धेरै हुन सक्ने बताएका छन् ।वैदेशिक रोजगारमा जानुभन्दा पहिले श्रमस्कृति लिएर गएको खण्डमा नेपाल सरकारले पहल गर्नमा सहयोग गर्ने भएकोले स्थानीय सरकार तथा पालिका स्तरमा पनि यस्तो कार्यक्रम मार्फत संदेश दिन आवश्यक रहेको बैधले बताएकी छिन् ।
सामी परियोजना कार्यक्रम संयोजक रामाशंकर प्रसाद कुशवाहाले कार्यक्रमको उदेश्य माथि प्रस्तुति गर्ने क्रममा अहिले वैदेशिक रोजगारीका लागि ८० लाख भन्दा धेरै मानिसहरु रोजगारीमा जानुपरेको बताए । अहिले अधिकास खण्डी मुलुकमा कम दक्षता भएका र सीप नसिकि रोजगारी जाने गरेकोले यसलाई रोक्न वा स्देशमा रोजगारी गर्न सुझाव दिन या त सीप सिकेर दक्ष बनाएर पठाएको खण्डमा त्यहाँ दुःख नपाउने बताएका छन् । पर्सा जिल्लाको चारवटा पालिका बीरगंज महानगरपालिका ,पर्सागदीनगरपालिका,सखुवा प्रसौनी गाउँपालिका,र ठोरी गाउँपालिकामा उक्त कार्यक्रम संचालित रहेकोले थप अन्य पालिकाहरुमा पनि यस्ता कार्यक्रम संचालन भइरहेको भए पनि आर्थिक रुपमा समस्या भइरहेको बताए ।
नेपाल सरकार र स्वीस सरकारको दिपक्षिय कार्यक्रम सुरक्षित आप्रवासन ( सामी) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल प्रदेश सरकारको समन्वय हेल्मेटास नेपालको प्रविधि सहयोग र स्थानीय सरकार बीरगंज महानगरपालिकाको नेतृत्व तथा सेवा प्रदायक संस्था दिब्य विकास स्रोत केन्द्र पर्साको सहजिकरणमा संचालित सुरक्षित आप्रवासन ( सामी) कार्यक्रम वैदेशिक रोजगार बिषयक पत्रकारहरुसंग एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षता भएको थियो ।
(सामी) परियोजना संयोजक कुशवाहाले कार्यक्रम प्रस्तुति गर्ने क्रममा ।वैदेशिक रोजगारीमा धेरै नेपालीहरु जोखिम पुर्णरुपमा काम गर्न बाध्यता रहेकोले यसलाई बेलामा सचेतना जगाउन जरुरी रहेको सो प्रतिवेदनमा उल्लेख गरेका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरुलाई सहि तथ्यांक उपलब्ध गराएको खण्डमा यसबारेमा राम्रो कमल चलाउने र आफुले गरेको कामको अवलोकन गर्न समेत अपिल गर्नुभएको थियो ।दिब्य विकास स्रोत केन्द्रका ,प्रबन्धक गणेश बहादुर ठकुरीले स्वागत मनतब्य दिनुभएको थियो ।कार्यक्रम दिब्य विकास स्रोत केन्द्र लेखा प्रमुख नागेन्द्र प्रसाद , बितिय सहकर्ता,सुनिल कुमार,मनो समाजिक कर्ता कन्चन श्रीवास्तव,सामी आप्रवासन स्रोत केन्द्र परामर्श कर्ता जयप्रकाश प्रसाद तथा विभिन्न संचार माध्यम आवध पत्रकारहरुको सहभागी रहेको थियो ।



