Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अध्यक्ष तिवारीद्वारा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता उद्घाटन ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १९,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको समुद्घाटन भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बीच गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि प्रमोद तिवारीले माध्यमिक विद्यालय झौवाँगुठीको चौरमा हुने प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रमुख अथिति अध्यक्ष तिवारीले विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडी विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

आज देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८०
प्रतियोगिता आउँदो २४ गते सम्म हुने गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताउनु भयो । यो खेलमा गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका छन् ।

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा तीन किसिमका खेल भइरहेको छ । विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी छन् भने शोर्ट फुटमा ५ वटा विद्यालय र
जेब्लिङ थ्रो – ५ विद्यालय सहभागी भएका छन् ।

उद्घाटन दिन भएको खेलमा म्युजिकल शेयर तर्फको खेलमा छात्र टीमबाट झौवा मावि प्रथम , दलित प्राथमिक विद्यालय इटीयाहि दोश्रो र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमरपट्टी तेश्रो भएको हो । त्यस्तै छात्रा तर्फको खेलमा प्रा वि प्रसौनी प्रथम , प्रावि मध्वल दोश्रो र भगवती बागड प्रावि गर्दौल तेश्रो भएको हो ।

शर्तफुट तर्फको खेलमा छात्र टीमबाट मावि झौव प्रथम , मसुरुर आधारभूत विद्यालय प्रसौनी दोश्रो र मावि बहुवर्वा तेश्रो भएको हो र छात्रा तर्फको खेलमा मावि झौवा प्रथम , मसुरुर आधारभूत विद्यालय प्रसौनी दोश्रो र मावि बहुवर्वा तेश्रो भएको हो ।

जेबलिङ तर्फको खेलमा छात्र टीमबाट मसुरुर आधारभूत विद्यालय प्रसौनी प्रथम , मावि झौंवा दोश्रो र मा वि बहुवर्वा तेश्रो भएको हो । त्यस्तै छात्रा तर्फको खेलमा स्काउट निमावि इटीयाहि प्रथम , मावि झौवाँ दोश्रो रमावि बहुवर्वा तेश्रो भएको हो ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , इलाका प्रहरी कार्यालय पोखरीया पर्साका प्रहरी निरीक्षक मोहन बिक्रम केसी , शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल , गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक , शिक्षक , शिक्षिका , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गर्नु भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद