Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १०,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी (पुस्तकालय)को एक कार्यक्रमकाबीच बिहीबार उदघाटन भएको छ । वीरगञ्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निर्माण गरेको लाईब्रेरीको उदघाटन भएको हो ।

वीरगञ्ज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।

लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।

अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वीरगञ्ज लेडिज सर्कल की अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् ।

साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने विश्वास व्यक्त गरीन । कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कल कि उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० माघ १०,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० माघ १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद