वीरगञ्ज । निर्माण सम्बन्धी सम्पूर्ण सामग्री एउटै छाना मुनि उपलब्ध गराउने उद्देश्यका साथ वीरगञ्जमा “ईशा विल्ड मार्ट” सञ्चालनमा आएको छ ।
वीरगञ्जस्थित लिङ्क रोडमा सञ्चालनमा आएको “ईशा विल्ड मार्ट” को सोमबार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलल्लाको मूर्ति स्थापना गरी प्राण – प्रतिष्ठा भएको शुभ दिन पारेर “ईशा विल्ड मार्ट” को उद्घाटन गरिएको सञ्चालक सन्दीप अग्रवालले बताए ।
चार युवा उद्यमीहरू सन्दीप अग्रवाल, अनुप अग्रवाल, राकेश साह र दिनेश बङ्काले सञ्चालनमा ल्याएको “ईशा विल्ड मार्ट” मा घर, व्यावसायिक भवन तथा अन्य निर्माण कार्यमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ ।
“घरको शिलान्यासदेखि फिनिसिङसम्म आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू एउटै छाना मुनी उपलब्ध होस् भन्ने उद्देश्यले ईशा विल्ड मार्ट सञ्चालनमा ल्याएका छौँ,” नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष समेत रहेका सन्दीपले भने, “घर तथा अन्य निर्माणको काम गर्दा छुटाछुटै ठाउँमा पुगेर सामग्री खरिद गर्नुपर्ने समस्यालाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो ।
“ईशा विल्ड मार्ट” मा निर्माणका लागि आवश्यक पर्ने इट्टा, डन्डी (छड), सिमेन्टदेखि टायल, मार्बल, बाथरुम फिटीङ, पेन्ट र विद्युतीय सामग्रीहरू पनि उपलब्ध रहेको अर्का सञ्चालक अनुपले बताए । उनका अनुसार एउटै ठाउँमा सम्पूर्ण निर्माण सामग्री उपलब्ध हुने “ईशा विल्ड मार्ट” मधेस प्रदेशकै सम्भवतः पहिलो मार्ट हो ।
मार्टको उद्घाटन गर्दै मेयर राजेशमान सिंहले नयाँ सोचका साथ सञ्चालनमा आएको “ईशा विल्ड मार्ट” को सफलताका लागि शुभकामना दिँदै वीरगञ्जमा निर्धक्क भएर व्यापार व्यवसाय चलाउन आग्रह गरे । उनले युवा सोचका साथ सुरु हुने नयाँ उद्यमको सफलताका लागि हातेमालो गर्न वीरगञ्ज महानगरपालिका सधैँ तयार रहेको समेत बताए ।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका पूर्व अध्यक्ष एवम् लेखक गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर वीरगञ्जका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्य, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगञ्जका प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहलगायतको उपस्थिति रहेको थियो ।



