Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश जनबिद्रोह समितिद्धारा बहुवरीमा मनाईयो बलिदानी दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ माघ। मधेश जनबिद्रोह केन्द्रिय समितिले बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुवरीमा शुक्रवार बलिदानी दिवस मनाएको छ ।

बलिदानी दिवसको अवसरमा आयोजित सो कार्यक्रममा मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले मधेश आन्दोलनको नाम भजाएर भोट लिएका राजनीति दलका नेताहरुले मधेशलाई कमाई खाने भाडो मात्र बनाएको आरोप लगाए । सो अवसरमा मधेश आन्दोलनका शहिद परिवारहरुको घरमै पुगेर आफुहरुले हरेक वर्ष सक्दो सहयोग गर्ने गरेको चर्चा गर्दै देशमा गणतन्त्र आए पनि अनियमित्ता, भ्रष्टाचार, बेतिथिहरु बढदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले समग्र मधेश एक स्वायत प्रदेश लागु गर्नु पर्ने, आत्मनिर्णयको अधिकार लागु गर्ने पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर्नु पर्ने, भौगोलिक, भाषिक, साँस्कृतिक एकरुपताको निर्वाचन क्षेत्र गठन गर्नु पर्ने, संविधानको पूर्णलेखन गर्नु पर्ने, क्षेत्रिय भाषा सँस्कृतिको संवैधानिक प्रत्याभुति गर्नु पर्ने, प्रत्येक निकायमा मधेशको समानुपातिक प्रवेशको प्रत्याभुतिको माग समेत गरेका थिए ।

समितिका केन्द्रिय सदस्य अजय पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शहिद धर्मराज सिंहका बुवा प्रभु सिंह, विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष नन्दन भारतद्वाज, समाजसेवी रामेश्वर पटेल, समितिका सदस्य गणेश साह कानु, ललन पटेल, यज्ञदेव शास्त्री, पर्सा खेलकुद संघका प्रशिक्षक बिशेश्वर पटेल लगायतकाले आ–आफ्ना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न स्कूलका विद्यार्थीहरु बीच २ सय मिटरको दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो । सो प्रतियोगितामा प्रसौनी गाउँपालिका वडा नं. १ का अमरेन्द्र पटेल प्रथम, पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ स्थित बर्वाछटौली माध्यमिक विद्यायका मुमताज अंसारी द्वितिय र सोही स्कूलका सदाम अंसारी तृतिय स्थान हासिल गरेका थिए । विजयीहरुलाई कार्यक्रमका अध्यक्षता गरिरहनु भएका पटेलले गम्छा ओढाई शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । सो कार्यक्रमको सञ्चालन स्लोनी पटेलले गरेकी थिईन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० माघ ५,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० माघ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद