Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अधिकृत चौधरी र सहयोगी मालीको सहयोगमा यातायात कार्यालय वीरगन्जमा भ्रष्टचार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २२,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका सहायक छैठो तहका अधिकृत शम्भु चौधरी र कार्यालय सहयोगी गौरीशंकर भगत मालीले सो कार्यालयमा आतंक मच्चाईरहदां कार्यालय प्रमुख , श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश , अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा र जिल्ला प्रशासन कार्यालय पर्सा लगायतका नियमनकारी निकायहरु मौन रहेको देखिंदा सवारी शाखामा काम गर्ने लेखनदास र काम गराउन जाने सेवाग्रहीहरुलाई ठगिने क्रम बढ्दै गएको छ । कार्यालय प्रमुखको आर्शिवादले प्रत्येक फाँटै पिच्छे १० जनासम्म बिचौलिया राखी सेवाग्रहीहरु सँग मरमोलाई गर्न लगाउने र बिचौलियाहरु मार्फत फाँटवाला प्रमुखहरुले घुसको रकम लिई प्रमुख कहाँ पुर्याउने गरेको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताएका छन् ।
सो कार्यालयमा सरकारी कर्मचारीको कामै नरहेको, सबैथोक बिचौलियाहरुले नै गर्ने गरेको सेवाग्रहीहरुको आरोप रहेको छ । मोटरसाईकल फाँटमा काम गर्ने र सुब्बाको कुर्सीमा बस्ने गरेका बिचौलियालाई प्रमुखले ना १ प देखि ना ६५ प सम्मको ढाडाहरुलाई छुटै फाँट बनाई ईन्चार्ज जस्तै बनाएका छन् । जबकी सबभन्दा बढी सनाखत नामसारी सोही फाँटमा हुने गरेको छ ।

नक्कली दायाँबायाँ गरी सक्कल जस्तो बनाएर नामसारी गर्ने गरेका प्रमाण हामीलाई प्राप्त हुन् आएको छ । विगतका दिनमा प्रकाशन गरिएको समाचारमा प्रमाण हुँदा हुँदै पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले समेत छानबिन नगर्दा आश्चर्यको विषय आम जनसमुदायमा बनेको छ ।
विगत ५ वर्ष देखि कार्यालय सहयोगी माली नारायणी यातायातमा कार्यरत रही आलिशान तीन तल्ले पक्की भवन सहित अनेकौं ठाउँमा घरघडेरीहरु जोडेका कुरा छर्लंग छँदै छ । हाल ना १ प देखि ना ६५ प सम्मका ढाटाहरुको जिम्मा पाएका कार्यालय सहयोगी माली दिनहु लगबग २० देखि ३० वटा गाडीहरुको ५ हजारको दरले सनाखत नामसारीहरु आफु मार्फत बेतलबी कर्मचारीहरु मार्फत दायाँबायाँ औठाको छाप आफ्नै रोहबरमा लगावाई अधिकृत चौधरीको मिलोमतोमा गर्ने गरको खुल्नमा आएको छ ।

अस्थि हामीले प्रमाण सहित समाचार सम्प्रेषण गर्दा पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले चुपी साध्नु जिल्ला प्रशासन कार्यालय प्रमुखले चाँसो नलिनुमा सेवा ग्राही आश्चर्यमा परेका छन् । सनाखत नामसारीमा नियम विपरीत कार्यहरू हुन र सनाखत नामसारी सम्बन्धमा यातायात कार्यालय वीरगन्ज कै कयौ कर्मचारीहरु मुद्दा खेपी तारेखमा छुटेका कुराहरू क्षुपेका छैनन ।
आफु लाभ लिन र रकम उठाउनका लागि फाँट पीछे १० जना बेतलबी कर्मचारी राखेका छन् । सम्बन्धित नियमनकारी निकायले ध्यान नपुर्याउँदा अथवा छानबिन नगरी कारवाहीको प्रक्रिया अगाडि नबढाउँदा सेवाग्राहीको उपस्थित बगैर कार्यालय सहयोगी भगत मालीले बेतलबीहरुको मार्फत दायाँबायाँ गरी सक्कल जस्तै बनाई ठूलो चलखेल गर्दा पनि कार्यवाही नहुँदा त्यो निकायमाथि पनि प्रसँ खडा भएको छ ।
कार्यालय सहयोगी मालीले आफ्नो जिम्मामा बेतलबीहरु राखी आफु बस्ने कुर्सीमा बस्न लगाउँछन् र रजिस्टरमा ढाटा इन्ट्री गर्ने गराउने गर्छन । सेवाग्राही गए सेवाग्राहीसंग र लेखनदास गए लेखन दाससंग प्रति ढाटा १०० रुपैयाँको दर लिन लगाएको कुरा जो कोहीले पनि गएर सजिलै हेर्न सक्छन् ।
फांटमा पालैपालो प्राय सबै अधिकृत र सुब्बाहरुलाई आफु अनुकुल बनाउदै सनाखत नामसारीमा सही गराउदै आएका छन् ’भने कुनै बेला आफु अनुकुल अधिकृत नभएको अवस्थामा आफै किर्ते सही गरेर नामसारी गर्ने गरेको स्रोतको कथन रहेको छ । सेवाग्रहीहरुको ब्लुबुकमा रातो सही र छाप लागेपछि उनी ढुक्क भएर आफ्ना गनतब्य तिर हिडने गरेका छन् ।

लामो समय देखि फांटमा अडा जमाएर बसेका अधिकृत शम्भु चौधरी र कार्यालय सहयोगी गौरीशंकर भगत मालीले करोडौ करोड रुपैया कमाउन सफल भएको स्रोतको भनाई रहेको छ । उनी भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति आर्जन गरी आफ्ना श्रीमति र आफन्तहरुको नाममा हेटौडा, वीरगंज र नौतनमा घडेरी र खेतिहर जमिनहरु आर्जन गरेको समाचार स्रोतको दाबी रहेको छ । उनको व्यवहारले कार्यालयका अधिकांश कर्मचारीहरु रुष्ट बन्दै गएका छन् । उनी आफुलाई स्थानिय भएको बताउदै कर्मचारीहरुलाई धम्की दिने र आफ्नो चारैतिर सञ्जाल बलियो भएको हुनाले कसैले केही बिगार्न नसक्ने भन्दै तर्साउने गरेको कर्मचारी स्रोतले जनाएको छ ।सभार ज्योति जागरण दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष २२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद