Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराबाट ४ जना फरार प्रतिवादी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २०,शुक्रबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२० पुस । बारा प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथाा जरिवाना सजाय भई फरार भएका उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट समेत खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वा बस्ने ५० वर्षीय रामाज्ञा प्रसाद यादव, जीतपुरसिमरा वडा नं. ७ जितपुर बस्ने २७ वर्षीय जितेन्द्र सहनी, कलैया उपमहानगरपालिका–१५ बकुलहर बस्ने अंसारुल हक र सोही वडाका ईजहार मियाँ रहेका छन् ।

रामाज्ञाविरुद्ध शरिरबन्धक तथा अपहरण मुद्दामा ६ महिना कैद, जितेन्द्रमाथि लागुऔषध मुद्दामा १ वर्ष कैद तथा १० हजार जरिवाना तोकिएको छ । यस्तै अंसारुल र ईजहारविरुद्ध जिल्ला अदालन बाराले कुटपिटसम्बन्धि मुद्दामा जनही ६ लाख ५० हजार जरिवाना तोकेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष २०,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० पुष २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद