बारामा पटके बाटो इजाजत पत्र शाखाको उद्घाटन भएको छ। बाराको पथलैयामा मधेस प्रदेश का श्रम राेजगार तथा यातायात मन्त्री चन्दन सिंहले पटके बाटो इजाजत पत्र शाखाको उद्घाटन गर्नु भएको छ। मंसिर २५ गते बाराकाे सदरमुकाम कलैयामा यातायात व्यवस्था कार्यालयकाे उद्घाटन गरिएको थियो । यश अघि पटके सवारी काे अनुमती लिनकाे लागि वीरगंज तथा हेटौंडा जानुपर्ने समस्याकाेे समाधानको लागि बाराको पथलैयामा पटके बाटो इजाजत पत्र शाखाको उद्घाटन गिरएको हाे।

अस्थायी पटके ईज्जत् शाखा बाट पटके सम्बन्धि सम्पूर्ण सेवाहरू प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए । पथलैयामा पटके इजाजत शाखा उद्घाटन भए सँगै स्थानीय बासिन्दामा खुशी छाएको र पटके बाटो इजाजत पत्र शाखाको अन्य कार्यकाे लागि सेवा ग्राहिलाई बिरगंज तथा हेटौंडा जानुपर्ने बाध्यता काे अन्त भएको प्रमुख हुसेनले बताए ।

कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका का प्रमुख राजन पाैडेल,मधेस प्रदेश सभा सदस्य देवनारायण चाैधरि,यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख उमेश रेग्मी ,जनमत पार्टीका पर्सा इन्चार्ज ओमप्रकाश सराफ, पथलैया ट्राफिकका प्रहरी नायब उपरीक्षक माधव काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
© 2024


