Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१६ औ वार्षिक साधारण सभा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साको सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १४,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगज १३ पुस ।
जिल्ला बचत तथा ऋण सहकारी संस्था लि। सखुवा प्रसौनी–५ महुवन पर्साको १६ औं वार्षिक साधारण सभा शुक्रवार वीरगंजमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय सतितिको सभाहलमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रमोद जायसवालले संघको ब्यवस्थापन चुस्तदुरुस्त रहेकै कारण अहिलेको आर्थिक संकटको अवस्थामा पनि यो संघ प्रभावकारी ढंगले संचालन रहेकोमा खुशी व्यक्त गरेका थिए ।

सहकारीको व्यवस्थापन र सञ्चालक समितिहरुको लापरवाहीका कारण बाहिरबाट आएर पर्सामा कारोबार गर्ने प्रायः जसो सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भाग्ने गरेकोले सहकारी डुब्नुको मुख्य कारण राम्रो ठाउँमा लगानी गर्न नसकेको र ब्यवस्थापन समिति राम्रो नहुनु रहेको चर्चा गर्दै प्रमुख अतिथि जायसवालले संस्था खोल्नु ठूलो कुरा होइन, त्यसलाई राम्ररी चलाउनु ठुलो कुरा रहेको बताए ।
संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा सचेत भएर लगानी गर्नु पर्ने सुझाउदै संघले हालसम्म राम्रो प्रगति गरेकोमा धन्यबाद दिदै अझ सफलताको कामना गरेका थिए ।

सो कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला सहकारी संघ लि।पर्साको हरेन्द्र सिंहले संघको भवन बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अर्का बिशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि।बाराका अध्यक्ष सतेन्द्र ठाकुरले मधेश प्रदेशका सहकारी संघ मध्ये पर्सा सहकारी संघलाई एक नम्बरमा पु¥याउन आफुले सक्दो सहयोग गर्ने बताएका थिए । पर्सा भन्दा पनि धेरै पुरानो संघहरु रहे पनि राम्रो व्यवस्थापन नभएकै कारण आजसम्म प्रगति नगरेको बताए ।
सो कार्यक्रममा संघका कोषाध्यक्ष नगनारायण सिंहले वार्षिक, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक राजेन्द्र प्रसाद जायसवालले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए । पछिल्लो आर्थिक वर्षमा संघ घाटामा भए पनि यो आर्थिक वर्षमा ३ लाख रुपैया नाफा कमाएको सिंहद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ ।

संघ संचालक समितिका अध्यक्ष राजेश पंडितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष विरेन्द्र राज कडेल, सिएमसीका अध्यक्ष रवि भुषण श्रीवास्तव, राष्ट्रिय सहकारी बैंक। लि। वीरगंज शाखाका संजय कुमार महतो, नेफस्कुनका गौतमक कुमार साह, सहकारीकर्मीहरु शिव कुमार साह, राजेन्द्र प्रसाद जयसवाल, शुम्भु प्रसाद गुप्ता, हरेराम प्रसाद लगायतको सहभागिता रहेको थियो ।
संघका महासचिव जिष्णु बरालले सहजीकरण गरेको सो कार्यक्रममा उत्कृष्ट कारोबार गरी सहयोग पु¥याएकोमा श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नियमित कारोबार गरी संघको विकासमा सहयोग पु¥याएकोमा श्री उद्यमिशीप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र असल ऋणको कारोबार गरी संघको विकासमा श्री आशिर्वाद बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० पुष १४,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० पुष १४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद