Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

वीरगन्जमा लायन्स क्लबको आयोजनामा स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३ गते हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ११,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको वीरगन्जमा पहिलो पटक भोजपुरी सिने अवार्डको आयोजना हुने भएको छ । वीरगन्जको नगर सभा गृहमा लायन्स क्लब बीरगंजको स्वर्ण जयन्ती समारोह तथा नमस्ते इन्टरटेनमेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड आयोजना हुने र यसको लगभग २७ लाखको अनुमानति लागत लाग्ने अनुमान गरिको छ ।

लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसर पारेर पुष १३ गते वीरगन्जमा सम्मान तथा भोजपुरी सिने अवार्डको आयोजना गर्न लागिएको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैदले बताए । स्वर्ण महोत्सव तथा सिने अवार्ड मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर वीरगन्जमा पुष १३ गते लायन्स स्वर्ण महोत्सव तथा भोजपुरी सिने अवार्डको आयोजना गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

नेपालमा सबैभन्दा पूरानो अन्तराष्ट्रिय संस्था लायन्स क्लब अफ वीरगन्जले सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको र मनोरञ्जन क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा सम्मान तथा सिने अवार्डको आयोजना गरिएको संयोजक वैदको भनाई छ ।

वीरगन्जमा आयोजना गर्न लागिएको सिने अवार्डमा नेपाल चलचित्र वोर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी प्रदान गरिने नमस्ते नेपाल इन्टरटेण्मेण्टका प्रमुख भोजपुरी नायक प्रदेशी साहले बताए । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा पहिचानको लागि पनि सम्मान तथा सिने अवार्डको आयोजना गर्न लागिएको बताए । कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष तथा नायक भुवन केसी, निर शाह लगायतका कलिउडका विशिष्ट कलाकारहरुको उपस्थिति रहने जनाएको छ ।

ऐतिहासिक फिल्म उद्योगमा उत्कृष्ट योगदान पु¥याएका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगन्जको पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक प्रदेशी साहले बताए । वीरगन्जका धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरेपछि लायन्स क्लब अफ वीरगन्जको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताए ।

स्वर्ण जयन्ती र सिने अवार्डका लागि आवश्यक तयारीहरु भव्य रुपमा भईरहेको र सफल पार्नका लागि सम्पूर्ण लायन्स सदस्यहरु लागि परेको लायन्स क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष छेडुप लामाले बताए । कार्यक्रमका लागि स्थानीय सरकार वीरगन्ज महानगरपालिकाले पनि सहयोग गर्ने आश्वासन पाएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० पुष ११,बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० पुष ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद